सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
लक्ष्मीपुर, २८ फागुन। धरानका पत्रकार गोपाल दाहाल झापाको लक्ष्मीपुरमा सम्मानित भएका छन्। लक्ष्मीपुरस्थित श्री हिमाली निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा निल डेभिड्स हेयर सलुन तथा एकेडेमीले आयोजना गरेको इन्डो नेपाल हेयर स्टाइलिंग कम्पिटीशनको भव्य कार्यक्रममा शनिबार दाहाललाई पूर्वमा सक्रिय र निर्डर पत्रकारिता गरेको भन्दै सम्मान गरिएको हो।
धरानमा बसेर पत्रकारिता गरिरहेका दाहाललाई कार्यक्रमका प्रमुख अथिति नायक श्रीकृष्ण श्रेष्ठ, नायिका स्वेता खड्का र हेयर डिजाइनर निल डेभीड कटुवालले नगद ५ हजार, सम्मान पत्र र पुष्पगुच्छाले सम्मान गरे। सम्मानपछि कार्यक्रममा बोल्दै दाहालले सम्मानले अझ सक्रिय भएर पत्रकारिता गर्न जिम्मेवारी थपेको बताए।
कार्यक्रममा श्रीकृष्ण–स्वेताको जोडीले स्थानीय कलाकारलाई साथ दिंदै नृत्य प्रदर्शन गरे। उनिहरुले ‘चट्ट रुमाल….’ र ‘कहाँ भेटिएला…’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा हास्य अभिनेता एवं गायक आरपी भट्राई, गायक कर्मा शेर्पाले स्थानीय दर्शकलाई मनोरञ्जन दिए।
पहिलोचोटी भएको इन्डो नेपाल हेयर स्टाइलिंग कम्पिटीशनमा भने दार्जिलिङकी पुनम शर्माले प्रथम पुरस्कार जीतिन्। नेपाल र भारतमा सञ्चालित निल डेभिड सैलुन तथा एकेडेमीका ६० जना सहभागी भएको प्रतिष्पर्धामा विर्तामोडकी मुना पाख्रिन दोस्रो, सिलगुडीकी रेश्मा थापा तेस्रो र दमककी मेरिना राई चौथो भए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b