सुर्दशन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा २८, फागुन। नेपाल गणतान्त्रिक खेलकुद महासंघ कास्की र राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीको संयुक्त आयोजनामा सोमबारदेखि पोखरामा पश्चिमाञ्चल स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ।
पोखरा रंगशालमा भएको उद्घाटन खेलमा डिफेण्डीङ च्याम्पियन स्याङजा जिल्लाले विजयी सुरुवात गरेको छ। स्याङजाले म्याग्दीलाई २५–१९, १३–२५, २५–१३ को सेटमा पराजित गरी जित हात पारेको हो।
तस्वीरः सुर्दशन रञ्जित/ एचकेनेपाल डट कम
दोश्रो खेलमा पर्वत जिल्लाले पाल्पा जिल्लालाई २५–१८, २५–१७ को सोझो सेटमा पराजित गरेको छ। तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा कास्की, तनहूँ, नवलपरासी, रुपन्देहि, पाल्पा, स्याङजा, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दीका गरी १० टिमको सहभागिता रहेको। प्रतियोगितामा विजेता हुने टिमले ५० हजार तथा उपविजेताले ३० हजार र तेश्रो हुनेले १५ हजार साथमा ट्रफि मेडल प्रमाणपत्र पाउने भएको छ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरामा संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७८ हजार खर्च लाग्ने आयोजकले जनाएको छ। खुलकुदको विकास नै राष्ट्रको पहिचान हो भन्ने हेतुका साथ सवैको लागि खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिवर्तन हुनु पर्दछ भन्ने उद्धेश्यले गणतान्त्रीक खेलकुद महासंघले विगतका बर्षदेखि विभिन्न खेलहरु आयोजना गर्दै आएको महासंघले जनाएको छ।
यसै विच नेकपा–माआबोदीका सचिव देव प्रसाद गुरुङले रेफ्रि नारायण भण्डारीलाई वल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन्। राष्ट्रिय युवा जनस्वयमसेवक कास्कीका अध्यक्ष मेखबहादुर विक (पहाड) को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा स्थानीय श्रृंगा यातयात व्यावसायी समितिका अध्यक्ष केदार पौडेल, कास्की जिल्ला भलिवल संघका अध्यक्ष अनिल सिंह, महासंघ कास्कीका अध्यक्ष भईराम पुन (सागर), महासंघ तमुवान राज्य समितिका सचिव जनक महतारा लगायतले बोलेका थिए। सोमबार विहानदेखि लिगचरणका खेलहरु हुने भएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b