सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २८ फागुन। पूर्वी नेपालमा रहेका इनफिल्डर्स राइर्डसहरु पहिलो पटक संगठित भएका छन्। एक वर्ष अगाडी धरानका केही राइडर्सहरु समूह बनाएर पर्यटन प्रर्वद्धन तथा पर्यटकीय क्षेत्र अवलोकन गर्दै आएका उनीहरु सोमबारदेखि आधिकारिक रुपमा संगठित भएका छन्।
धरानमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले रोयल इस्टर्न एनफिल्डर्स क्लबको घोषणा समेत गरेका छन्। ६ महिना अगाडी कल्वको गठन गरिएको र सोमबार दर्ता गरि पहिलो साधारण सभाको आयोजना गरि नयाँ कार्य समिति समेत चयन गरिको क्लवले जनाएको छ। साधारण सभाले योगेन लिम्बुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
समितिको उपाध्यक्षमा राजेश लिम्बु, सचिवमा सुवास आले, सह सचिवमा इन्द्र लिम्बु र कोशाध्यक्षमा विनोद अग्रवाल चयन भएका छन् । सदस्यहरुमा भने याशु लिम्बु, रुकेश राई, किरेन्द्र राई, दिलवहादुर राई, आषिश लिम्बु र डिकेन्द्र गिरि चयन भएका छन्। क्लव आधिकारीक रुपमा दर्ता भइ सकेकोले आगामी दिनमा दुर्घटना नियन्त्रणमा चेतानमूलक कार्यक्रम गर्ने ट्राफिक नियमको वारेमा सचेतना फैलाउने, पर्यटन प्रवद्र्धन तथा सामाजिक कार्यलाई निरन्तरता दिने नवनिर्वाचित सचिव सुवास आलेले वताए। पूर्वमा रहेका राईडर्सहरु संगठित भएपछि आफूहरुलाई काम गर्ने जोस जाँगर थपिएको क्लबका सहसचिव इन्द्र राईले बताए।
उनले हालसम्म क्लवमा पूर्वका धरान, धनकुटा, झापा मोरगं लगायतका जिल्लामा रहेका राइर्डसहरु संगठित भएको वताए। उनले हालसम्म क्लवमा तीन दर्जन राईडर्स आवद्ध भई सकेको पनि दावी गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b