एचकेनेपाल डट कम संवाददाता-
हङकङ, ११ मार्च। नेपाल सरकारले हङकङमा गैरजनजातिमूलका महावाणिज्यदूत पठाएमा नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (अनिज) हङकङले बहिष्कार गर्ने जनाएको छ।
हङकङमा जनजातिमूलका नेपाली महावाणिज्यदूत हुनु पर्ने माग गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघ हङकङको मागप्रति ऐक्यवद्धता जाहेर गर्दै अनिजले एक प्रेस विज्ञप्ति जारी गरी उक्त चेतावनी दिएको हो।
अनिजका अध्यक्ष भूपेन्द्र चेम्जोङद्वारा जारी विज्ञप्तिमा हङकङको लागि महावाणिज्यदूत जनजाति मूलको हुनुपर्ने माग समय र परिस्थिति सुहाउँदो भएको ठहर गर्दै अनिज हङकङले नेपाल आदिवासी जनजाति महासंघ हङकङको मागप्रति समर्थन जनाएको उल्लेख छ।
यसअघि, हङकङको नेपाली महावाणिज्यदूतमा जनजातिमूलका हुनु पर्ने माग गर्दै यहाँका नेपालीहरुले धर्ना, जुलुस र नाराबाजी जस्ता कार्यक्रम गरिसकेका छन्। नेपाल सरकारले यहाँस्थित महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको विरोधमा आन्दोलित भइरहेको बेला अनिजले पनि महासंघको मागप्रति समर्थन जनाएको हो।
नेपाली आदिवासी जनजाति पत्रकार महासंघ हङकङ
प्रेस विज्ञप्ति
माओवादीको दशवर्षे जनयुद्ध र १९ दिने जन आन्दोलनको उपव्धिको रुपमा नेपाली जनताले प्राप्त गरेको अन्तरिम संविधानले सुनिश्चित गरेको संघीयता, स्वशासन, वाक तथा प्रेस स्वतन्त्रता, धर्मनिरपेक्षता, स्व–पहिचान, समावेशी तथा प्रतिनिधिमूलक राज्यको जगमा रहेर नेपाल आदिवासी जनजाति महासंघ हङकङले हङकङको लागि महावाणिज्यदूत नेपाली आदिवासी जनजाति मूलको हुनुपर्ने माग समय र परिस्थिति सुहाउँदो भएको ठहर गर्दै नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (अनिज) हङकङले उक्त मागको समर्थन गरेकोछ। गत हप्ता वसेको महासंघको वैठकले निम्न प्रस्तावहरु पास गरेको छ
१) नेपाल सरकारवाट नियुक्ति भएको गैरआदिवासी जनजाति महावाणिज्यदूतको समाचार नछाप्ने वा उ उपस्थित भएको कार्यक्रम वहिष्कार गर्ने।
२) नेपाल आदिवासी जनजाति महासंघले अघि सारेको उपरोक्त आन्दोलनलाई साथ र सहयोग गर्नकोलागि अनिज हङकङले सक्दो प्रयत्न गर्ने।
अध्यक्ष
भूपेन्द्र चेम्जोङ
सम्बन्धित लिङ्कहरूः
हङकङमा नेपालीहरुको धर्ना (भिडियोसहित)
महावाणिज्यदूत नियुक्तिको हङकङमा व्यापक विरोध
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b