एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २८ फागुन। शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्ने भक्तजनहरुको संख्यामा दोब्बर बृद्धि भएको छ।
पशुपतिनाथको दर्शन गर्न गत वर्षहरुमा ५ लाख संख्याको हाराहारीमा आउने गरेकोमा यो वर्ष १० लाख भक्तजनहरु दर्शन गर्न आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपतिनाथ दर्शनको लागि उचित सुरक्षा र भेटी ब्यवस्थापन पारदर्शी बनाइएपछि दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढेको अनुमान कोषले गरेको छ।
महाशिवरात्रि पर्वको दिन आराध्यदेव भगवान शिवको पूजा-आराधना गर्न देशका विभिन्न भागबाट र भारतलगायत अन्य देशहरुबाट पनि पशुपति दर्शन गर्न भक्तजनहरु आउने गर्छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b