Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

पार्टी एकताको नाममा राजसंस्था छाड्न सक्दैनौं-कमल थापा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी एकताको नाममा राजसंस्था त्याग्न नसक्ने स्पष्ट पारेका छन्।

बुधबार तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका समावेशी लोकतान्त्रिक ट्रेड युनियत महासंघ नेपालका ४० जना पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा थापाले संघीयताको नाममा अखण्ड नेपाललाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र र बलियो नेपालको लागि पार्टी एकता आवश्यक रहे पनि पार्टी एकताको नाममा राजसंस्था त्याग्न नसकिने स्पष्ट पारेका हुन।

राप्रपा र जनशक्ति पार्टी विचको एकता प्रसंग चलिरहेको सन्दर्भमा थापाको त्यस्तो स्पष्टिकरण आएको हो।

ठूला दलहरुको दलगत स्वार्थ र सत्ता लिप्साका कारण संविधान बन्न नसक्ने दावी गर्दै लेनदेनको आधारमा संविधान जारी गरे पनि त्यसले मुलुकमा विग्रह ल्याउने चेतावनी दिए।

अध्यक्ष थापाले पूर्व राजा ज्ञानेन्द्रले पूर्वाञ्चल भ्रमणको क्रममा दिएको अभिब्यक्तिका सन्दर्भमा प्रधानमन्त्रीले शान्ति र संविधान भाड्न अध्यारो कुनाबाट षडयन्त्र गरिरहेको भनि दिएको अभिब्यक्तिप्रति कटाक्ष गर्दै भने-आफ्नो कार्यशैली सुधार्दै राजाको विचारलाई स्वीकारेर मुलुकलाई निकास दिन तर्फ लाग्नुस्। मुलुकको राष्ट्रियता संकटमा परेको अवस्थामा प्रजातन्त्रबादी र राष्ट्रबादी शक्तिहरु मिल्नुको विकल्प नभएको ठोकुवा गर्दै दुइ शक्ति मिल्न नसके मुलुकमा अधिनायकबाद हावी हुने चेतावनी दिए।

थापाले जेठ १४ भित्र शान्ति र सविधान निर्माणको कार्य हुन नसके निर्वाचन वा जनमत संग्रहमा जानु पर्ने धारणासमेत राखे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by