एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, २६ फागुन। देशविदेशका विभिन्न क्षेत्रका नौ जना प्रतिभाहरु नइ पुरस्कारबाट पुरस्कृत भएका छन्। पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट, विश्व नारी नेपाली साहित्य रत्न डा. वानीरा गिरी र समाजसेवी विष्णुभक्त प्रसाईद्वारा विविध क्षेत्रमा समर्पित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका नौ जना प्रतिभालाई २०६९ सालको नइ पुरस्कार प्रदान गरिएको हो। यी पुरस्कार जनही बीस हजार रूपियाँ राशिका छन्।

धर्मसंस्कृतितर्फ श्री १००८ स्वामी भागवताचार्यलाई नइ चन्द्रधन पुरस्कार, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तक डा.भीमार्जुन आचार्यलाई नइ कीर्तिनिधि पुरस्कार र तेस्रोलिङ्गी भूमिका श्रेष्ठलाई नइ रामलक्ष्मी पुरस्कार प्रदान गरिएको छ। आधुनिककवि विश्वविमोहन श्रेष्ठलाई नइ ईश्वरवल्लभ पुरस्कार, वाङ्मयकर्मी शीला पन्तलाई नइ भाजप पुरस्कार र प्रथम नेपाली नारी गजल कृतिकार श्रेष्ठ प्रिया ुपत्थरुलाई नइ रेखा पुरस्कार प्रदान गरिएको छ।

साथै अन्वेषक प्रा.डा. जयराज पन्तलाई नइ ईश्वर बराल पुरस्कार, सङ्गीतकार न्ह्यू बज्राचार्यलाई नइ कोइलीदेवी पुरस्कार र विदेशमा रहेर नेपाली भाषासाहित्यमा समर्पित अमेरिकाका नगेन्द्र न्यौपानेलाई ‘दरबार बाहिरकी महारानी’ उपन्यासका निम्ति नइ गणेशदुर्गा पुरस्कार प्रदान गरिएको छ।

समारोहमा इन्दिरा प्रसाईकृत भागीरथा प्रसाईको निर्वाण ‘जीवनगाथा निबन्ध’, शारदा ‘लामो कविता’ र पुष्पलता र भीरमाया ‘समीक्षात्मक निबन्ध’को सार्वजनिकीकरण गरिएको थियो।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा पुरस्कृत व्यक्तित्वहरु पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट, विश्व नारी नेपाली साहित्य रत्न डा. वानीरा गिरी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले मन्तव्य प्रकट गरिएको थियो।

नइ प्रकाशनले देशदेशान्तरका २५ जना प्रतिभालाई हरेक वर्ष तीन चरण गरेर ११ लाख रूपियाँ राशिका पुरस्कार पदान गर्दै आएको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस