नृपेश उपोती / एचकेनेपाल डट कम –
त्यसो त सुमेर ज्ञवालीलाई अहिलेसम्म ठूलै जमातले सुनिसकेको छ। यूकेमा हुने गरेका नेपालीहरुका सांस्कृतिक तथा चाडपर्वका कार्यक्रमहरुमा उनी गुन्जिसकेका छन। ‘सुमेरले धेरै राम्रो गीत गाउँछन’ भन्नेहरुको केही कमी छैन। उनि हर प्रकारका लय, तान र राग्मा गीत गाउन माहिर छन्। त्यसैमा पनि मीठो स्वरका धनी सुमेरको संगीतमा यति राम्रो दख्खल भएपछि उनको गायनलाई मन पराइनु अस्वभाविक होइन।

तर सबैको एउटै गुनासो थियो सुमेरप्रति, त्यो के भने सुमेरको गायन मन पराउनेहरुले चाहेको बेला उनलाई सुन्न सक्ने अवस्था थिएन। किनकि उनले आफ्नो कुनै गीत रेकर्ड गराएका थिएनन् अनि कुनै सिडी र क्यासेटहरु बजारमा ल्याएका पनि थिएनन। कार्यक्रमहरुमा उनी चलेका गयकहरुको गीत गाउथे। अब भने त्यो अवस्था नरहने भएको छ। चाडै नै सुमेर आफ्नो पहिलो गीती एल्बम लिएर उनलाई माया गर्ने र मन पराउने श्रोताहरु माझ आउँदैछन्। उनले आफ्नो पहिलो संगीत कोसेलीको नाम ‘योग’ जुराएका छन्। योग उनको ३ बर्षे छोरा को नाम हो र छोराको जन्मपछि गीती एल्बम निकाल्न प्रेरित भएकोले एल्बमको नामपनि ‘योग’ नै राखेको सुमेर प्रष्ट्याउँछन्।

सुमेरले यो एल्बममा नेपालका सांगीतीक क्षेत्रका हस्तिहरुको राम्रै मार्गदर्शन र सहयोग पएका छन्। नेपालका प्रसिद्ध गायक एबम संगीतकार नरेन्द्र प्यासीले उनको एल्बमलाई संगीतवद्ध गरेका छन् भने चर्चित गीतकार पुरन थापा तथा सुरेश जङ्ग शाहले मन छुने शब्दहरु कोरेका छन्। एउटा गीतमा बिगत लामो समयदेखि यूकेमा बसोबास गर्दै आएकी चर्चित गायीका शर्मिला बर्देवाले उनलाई साथ दिएकी छन्।

सुमेर भन्छन- ‘नरेन्द्र प्यासीको संगीत भनेपछि यस एल्बममा सुगम संगीतको प्रभाव त भाईहाल्छ जुन मेरो गायनको पनि प्राथमिकता हो। तर यसमा एउटा लोकगीत पनि समावेश छ जसमा मलाई शर्मीला दिदीले साथ दिनुभएको छ।’

सुमेरले आफ्नो एल्बमका केही गीतहरु यूकेका सांगीतिक कार्यक्रमहरुमा सुनाइसकेका छन् र पिटरबरोबाट प्रसारण हुने नेपाली रेडियो कार्यक्रममा पनि बजिसकेको छ। उनी भन्छन्, ‘अहिलेसम्म श्रोताहरुबाट निकै राम्रो प्रतिकृया पएको छु।’ त्यसैले उनी आशाबादी छन्, उनको यो एल्बमले उनलाई राम्रो गायकको रूपमा चिनाउने छ र स्थापित गराउने छ।

“घुम्दै आउँछ तिम्रो रुप” “चोखो माया लाउँछु भन्थ्यौ”, “सजाउँछु भन्थेँ त्यो पूmलको जोवन”, “आँसु बहिरह्यो आज”, “अलि वर सरन, मनका कुरा गरन”, “पूmलै तिमीलाई विजाउँछ”, “राम्री छौ र नजर पर्यो”, “हाम्रो माया पिरती झुट्टा थिएन” बोलका उनका आठवटा गीतहरु आईट्यूनमा उपलब्ध छन् र अहिले नेपालका प्रायजसो सवै एफएमहरुमा बजेका छन्। उनी भन्छन्– ‘श्रोताहरुबाट पाएको राम्रो प्रतिकृयाहरुले आगामी दिनहरुमा अझ राम्रो गीत गाउने प्रेरणा मिलेको छ।’

यसरी उनका गीतहरु भर्खरै मात्र बजारमा आए पनि उनको सांगीतिक यात्राले झण्डै २ दशक पार गरिसकेको छ । त्यसैले त पहिलो एलबममा नै खरिएर आएका छन, सुमेर। सुन्नेहरु उनका गीतहरुलाई माझिएको गला छ भनेर भन्न पछि पर्दैनन्।

काठमाडौको मुटुमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसबाट औपचारिक संगीत विषय अध्ययन गरेका सुमेरको सांगीतिक यात्रा त्यतिबेला रोकियो जव उनी उच्च शिक्षा हासिल गर्न बेलायत आए। यसरी विदेश पलायनसंगै सांगीतिक मार्गबाट भड्किए पनि आफूले गाउन नछोडेको उनी बताउँछन्। उनी भन्छन् – ‘मैले रियाज भने कहिल्यै छाडिन, समय मिलाएर म दैनिक जसो रियाज गर्छु।’

तर यो पङ्तिकारको गीत रेकर्ड गराउन ढिलो भयो भन्ने भनाईमा उनी पनि सहमत छन्– ‘हो अलि ढिलो भने भएकै हो। बेलायतको जीवनशैली कार्य–ब्यस्तता र अन्य विविध कारणले गर्दा अलमल भयो। अव आगामी दिनमा अलि बढी नै सक्रिय भएर सांगीतिक क्षेत्रमा लाग्ने उनको योजना छ।’

Sumer Gyawali | Yog



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस