सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
संगीतकार तथा प्राज्ञ शान्तिराम राईद्धारा संगीत गरिएको र गीतकार कमल खनाल द्धारा रचना गरिएको गीति एल्बम ‘सुकृत’ को हालै एक समारोहबीच बरिष्ठ चलचित्रकर्मी एवं राष्टिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले बिमोचन गरेका छन्।
बिमोचन समारोहमा गीति एल्बम “सुकृत” को समीक्षा बरिष्ठ संगीतकार बुलु मुकारुङ र गीतकार रमेश पौडेलले गरेका थिए। एल्बममा गायिका अञ्जु पन्त, गायक दिपक लिम्बु, शीव परियार, विश्व नेपाली, मनिला सोताङ, मीलन अमात्यको स्वर रहेको छ। कार्यक्रममा दार्जिलिङबाट आएका बरिष्ठ संगीतकार जीवन अधिकारीले गीति एल्बमको सफलताको शुभकामना व्यक्त गरे।
एल्बमलाई बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको। बिमाचनको अवसरमा गायिका अञ्जु पन्तद्धारा गाईएको “म हारेँ, म हारेँ बोलको गीतको म्युजिक भिडियोको सार्वजनिकीकरण समेत गरियो। संगीतकार शान्तिराम राईको यो बीसौं एकल एल्बम हो भने गीतकार कमल खनालको पहिलो एकल एल्बम हो।
कार्यक्रममा संगीतकार तथा प्राज्ञ शान्तिराम राईले नेपाली संगीतको प्रयोगकर्ताहरु आज संसारभरि रहेको भए तापनि यसको व्यवस्थित बजार हुन नसकेको कारण श्रष्टाहरु आर्थिक रुपमा विपन्न हुनुपरेको कुरा गर्दै रोयल्टी संकलन समाजमा रहेर यसको व्यवस्थापनका लागि आफु लागी परेको कुरा व्यक्त गरे।
सोही समारोहमा गीतकार कमल खनालले आफू नियमित लेखनमा लागी परेको भएतापनि सांगीतिक एल्बम निकाल्न आर्थिक व्यवस्थापन महत्वपूर्ण हुने भएको कारण ढिलो गरेर यो एल्बम निकाल्नु परेको भनाई राखे। नेपालको कुनै पनि क्षेत्र चाहे सरकारी होस् चाहे फिल्मी, चाहे संगीत सबै क्षेत्रको सिस्टम अव्यवस्थित रहेका कारण पाईरेसी गर्नेहरु, चोरी, ठगी गर्नेहरुले प्रश्रय पाएको उल्लेख गर्दै यहि कारण नेपाली फिल्मी क्षेत्र र संगीत क्षेत्रमा लाग्नेहरु निरास हुनुपरेको कुरा व्यतm गरे। त्यसका लागि हरेक क्षेत्रमा पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b