एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ फागुन। आज अन्तर्राष्ट्रिय श्रमिक महिला (नारी) दिवस विश्वभर मनाइँदैछ। नारी हकहितको पक्षमा भएगरेका कामहरुको समिक्षा गर्दै विश्वव्यापी रुपमा मनाइँदै आएको दिवस मनाउने क्रमले आज १०२ वर्ष पूरा गरेको छ।

सन् १९१० मा विभिन्न १७ देशका १०० जना समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले हरेक वर्ष विश्वभरका महिलाहरुले आठ मार्चलाई महिला अधिकार आन्दोलन दिवसमा रुपमा मनाउन सुरु गरेको यात्राले आज १०२ वर्ष पूरा गरिसकेको छ।

सन् १८५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाहरुले निश्चित कार्य घण्टाको मागसहित गरेको प्रदर्शनलाई विश्वको महिला आन्दोलनको सुरुआतको रुपमा लिने गरिएको छ।

नेपालमा पनि महिला हिंसा अन्त्य गरौं, कुरा होइन काम गरौं’ भन्ने नाराका साथ सचेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाईंदैछ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १०३ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिंदै महिलामाथि हुने सबै विभेद हटाउँदै राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण उपस्थिति गराउँदै लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन्।

नारी दिवसको पूर्व सन्ध्यामा विहीबार धरानमा महिलासम्बन्धी संघ संस्थाले आफ्नो हक अधिकारको कुरा निकाल्दै -यालीको गरेका छन्। नारी दिवसको अवसरमा बी बोइङ्ग ग्रुपले धरानको मुटु भानुचौकमा नृत्य प्रस्तुत गर्दै नारीहरुलाई सर्पोट गरेका छन्।

महिला सञ्जाल धरानको अगुवाईमा भएको सो -यालीमा सहभागी धरानका टिनेजरले युवा पुस्तालाई सकारात्मक सोच जगाउने उद्धेश्यले खोलेको बी बोइङ्ग ग्रुपले -यालीमा सहभागी हुदै भानुचौकमा आएर नृत्य प्रस्तुत गर्दै नारी हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने सन्देश दिए।

हेर्नुहोस् भिडियोः
Video: Santosh Kafle / HKNepal.com



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस