सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, २४ फागुन। नारी दिवसमा विभिन्न महिलासम्बन्धी संघ संस्थाले आफ्नो हक अधिकारको कुरा निकाल्दै ¥यालीको आयोजना गर्ने र कोणसभा गर्ने गर्दछन्।
तर धरानमा भने विहीवार नारी दिवस बी बोइङ्ग ग्रुपले धरानको मुटु भानुचौकमा नृत्य प्रस्तुत गर्दै नारीहरुलाई सर्पोट गरेका छन्। महिला सञ्जाल धरानको अगुवाईमा भएको सो ¥यालीमा सहभागी धरानका टिनेजरले युवा पुस्तालाई सकारात्मक सोच जगाउने उद्धेश्यले खोलेको सो संस्थाले ¥यालीमा सहभागी हुदै भानुचौकमा आएर नृत्य प्रस्तुत गर्दै नारी हक अधिकार सुनिश्चित हुनुपर्छ भन्ने सन्देश दिए।
महिला हिंसाको अन्त्य गर, महिलालाई समाजमा हेर्ने दृष्टिकोणमा फरक ल्याउ, सबै क्षेत्रमा समानुपातिक अधिकार राज्यले प्रदान गरोस् लगायतका व्यानर बोकी निकालेको ¥यालीलाई समर्थन गर्दै बी बोइंग धरानका युवाहरुले भानुचौकमा नृत्य प्रस्तुत गरेका थिए। बन्दको समयमा सुनसान भानुचौक उनीहरुको नृत्यले केही भीड जम्मा गर्न सफल भएको थियो।
सञ्जाल धरानकी अध्यक्ष मिना पुलामीको अगुवाईमा भएको सो ¥याली धरान नगरपालिका कार्यालय अगाडिबाट शुरु गरेर धरान १५ स्थित सदन उच्च माविमा गएर कोणसभामा परिणत भएको थियो। ¥यालीमा धरानमा भएका करीब २ दर्जन भन्दा बढी संघसंस्थाका २ सय भन्दा बढीको सहभागिता रहेको थियो।
भिडियो:
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b