नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, ७ मार्च। नेपालीहरुको साझा संस्था बि आर टी नेपाल डट कमको आयोजनामा मंगलबार बोल्डरस्थित रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ८ जना पुरुष र १ महिला सहित ९ जना नेपालीहरुले रक्तदान गरेका थिए। रक्त दान गर्न ईच्छुक १७ जना भएपनि बिभिन्न कारणले गर्दा ९ जना मात्र रक्तदान गर्न योग्य ठहरिएका थिए। अमेरीकी नियम अनुसार रक्तदान गर्न अमेरीकामा बस्न थालेको ३ बर्ष हुनुपर्ने तथा लगातार एक बर्ष देश बाहिर नगएको हुनु पर्दछ।
रक्तदान जीवनदान भन्ने मान्यतालाई मनन गर्दै यसरी रक्तदान गर्नेहरुमा नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ, आयोजक संस्थाक अध्यक्ष शैलेश पोख्रेल, बोल्डर नेपालका बिके श्रेष्ठ, शोभा श्रेष्ठ, गायक दिपेश किशोर भट्टराई, शुरेश चन्द्र प्रधान, राजु सीटैला, रिपेन्द्र कार्की, दिपेन्द्र श्रेष्ठ रहेका थिए।
आयोजक संस्थाका अध्यक्ष शैलेशले पोख्रेलले नेपाली समुदायका ब्यक्तिहरुलाई आबश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। उहाँको यस पटक समेत अमेरीकामा चौथो पटक र नेपालमा तीन पटक गरि सातौं पटक रक्तदान थियो। त्यसै गरी सोभा श्रेष्ठको पाँचौ र शुरेश चन्द्र प्रधानको चौथो पटक रहेको थियो।
रक्त संचार केन्द्रमा चार सय ८० पटक ६० ग्यालेन शरिरमा रहेको प्लेटलेट दान गरेका कोलोराडो निबासी भर्जिल ओसनको फोटो सझाएर राखिएको थियो। सामान्य अबस्थामा ६ हप्ता पछि पुःन रगत दिन सकिने भएपनि प्लेटलेट चाही हरेक दुई साता पछि दिन मिल्ने रक्त संचार केन्द्रका कर्मचारीहरु बताउंछन्। बयो बृद्ध ८० वर्षीय भर्जिल ओसन अहिलेसम्म आफैं रक्त संचार केन्द्रमा आई रक्तदान गर्ने गरेकाछन्। उनले १८ बर्षको उमेर देखि रक्तदान गर्न सुरु गरेको बताईन्छ।
कार्यक्रममा बल्र्ड डोर्नेसन एशोसीएसन अफ नेपालका सल्लाहकार तथा संस्थापक सदस्य भुषण श्रेष्ठ, रकि माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, संचारकर्मी भुपेन्द्र महत, गायक तथा संगीतकार मनोज काजी तुलाधर लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b