एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २४ फागुन । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले दोस्रो संविधानसभाको निर्वाचनपछि महिलाको नेतृत्वमा सरकार निर्माण हुने दावी गरेकी छिन्।

१०३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा विहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्–दोस्रो संविधानसभाको निर्वाचनपछि महिलाको नेतृत्वमा सरकार बन्ने प्रवल सम्भावना छ। तर त्यसको लागि थोरै दवाव दिनु पर्छ। सरकार मात्रै होईन, संविधान सभाको नेतृत्व र राष्ट्रपतिमा समेत महिलाको नेतृत्वको सम्भावना छ।

bidhya bhandariसाक्षात्कारमा उपाध्यक्ष भण्डारीले ३३ प्रतिशत महिला अधिकारको आन्दोलन भईरहेको बेला अब ५० प्रतिशत सहभागिताको आन्दोलन सुरु गर्ने चेतावनी दिदै ५३ प्रतिशत महिला भएको अवस्थामा ५० प्रतिशत भन्दा तल सम्झौता गर्न नसक्ने स्पष्ट पारिन्। उनले केन्द्रदेखि स्थानीय स्तरसम्म सबै क्षेत्रमा ५० प्रतिशत सहभागिता सुनिश्चित गराउनु पर्ने माग गरिन्।

राजनीतिक दल, स्वतन्त्र ब्यक्ति र पूर्व प्रधानन्यायाधीश धेरै ब्यक्ति हुँदा ब्यक्ति छनौटमा समस्या भएकोमा प्रधानन्यायाधीश एउटै मात्र ब्यक्ति हुने भएकोले सहमतिमा पुग्न सजिलो भएको उल्लेख गर्दै शक्तिपृथकिकरणको सिद्धान्तनै धरापमा परेको र मुलुक अधिनायकबादी शैलीमा चलिरहेकोले आफूहरु प्रधानन्यायाधीशको नेतृत्वमा सहमत भएको स्पष्ट पारिन्।

प्रधानन्यायाधीशले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा न्यायपालिकाको जिम्मेवारी छाड्ने भएकोले एकैचोटी कार्यपालिका र न्यायपालिको जिम्मेवारी नहुने भन्दै मुलुकको निकासको एकमात्र विकल्प निर्वाचन र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गर्न प्रधानन्यायाधीशको नेतृत्व मान्नु परेको बाध्यता सुनाईन्।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.