Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एएफसी च्यालेन्जः आज नेपाल प्यालेस्टाईनविरूद्ध भिड्दै

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ फागुन । एएफसी च्यालेन्ज कप फूटबल प्रतियोगिताको पहिलो दिन विहीवार नेपाली फुटबल टिम प्यालेस्टाइनिवरूद्ध खेल्न भएको छ।

एएफसी च्यालेन्ज कप फूटबल प्रतियोगिताको उद्घाटनपछि बेलुकी ५ बजे दशरथ रंगशालामा नेपाली टिम प्यालेस्टाइनिवरूद्ध खैल्दै छ।

यसैबीच, एएफसी च्यालेन्जकप फूटबल प्रतियोगिता उद्घाटनका लागि अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटर विहीवार काठमाडौं आइपुगेका छन्।

यस पटक इतिहासमै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता नेपालमा हुन लागेको हो। विहीवारदेखि चैत ६ गतेसम्म चल्ने प्रतियोगिता दशरथ रंगशाला र सशस्त्र प्रहरीको हल्चोक मैदानमा हुदैछ।

करीव ६ करोड ८५ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा नेपालसहित भारत, फिलिपिन्स, ताजकिस्तान, मालदिभ्स, तुर्कमेनिस्तान, उत्तरकोरिया र प्यालेष्टाईन गरी ८ टिम सहभागी हुने छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by