Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

ग्याँङ फाइटमा एक युवकको मृत्यु

एचकेनेपाल डट कम संवाददाता-
तनहूँ, २५ फागुन । दुई समूहबीच भएको झडपमा तनहूँका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा काँहुशिवपुर १ झापुटारका बिहाल पुन रहेका छन्। बुधवार राति दुई समूहबीच झडप हुंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले छानविनको लागि स्थानीय ६५ जना युवकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by