भाईराम चौलागाई एचकेनेपाल डट कम
कुवैत सिटी, ६ मार्च। मेची-महाकाली बृद्धाश्रम सहयोगार्थ आयोजना हुन लागेको च्यारिटी शोका लागि नेपालबाट अतिथि कलाकार गायकद्वय धिरज राई र राजेशपायल राई दुवईबाट बुधवार बिहान कुवैत आइपुगेका छन्। गायकद्वय राईसंगै एउटा खुट्टाले नृत्य गर्नेमा चर्चा कमाएकी नर्तकी रोमा न्यौपानेसमेत आएकी छन्।

अतिथि कलाकारलाई स्वागत गर्न आयोजक र कुवैतबसी प्रबाशी नेपालीहरु कुवैत अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए। अतिथि कलाकारलाई फूलमालाले र खादा ओडाएर भब्य स्वागत गरेका थिए। अतिथि कलाकारहरुको स्वागतको लागि उल्लेखनीय रुपमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि स्थानीय मिडियाकर्मी समाजसेबी बुद्धिजीबी ब्यबसायीलगायतको उपस्थिति रहेको थियो।

चर्चित नर्तकी रोमा न्यौपानेले शुक्रबार हुने कार्यक्रममा उत्कृष्ठ प्रस्तुति दिने, दर्शकको मायाले यहाँ आउन पाएको बताउंदै कलाकारको शारीरिक रुपमा उसको रुप, जोबन सुन्दरता भन्दा पनि उसको कलाको पारखी भइ कलाको प्रसंशा गर्नु पर्ने बताइन्। गायकद्वय धिरज राई र राजेशपायल राईले पनि कार्यक्रममा आफ्ना उत्कृष्ठ प्रस्तुति दिएर दर्शकको मन जित्ने बताए। च्यारिटी शो ८ तारिख शुक्रबार मध्यान्ह १२ बजे कुबेतको जिलिब आबासीयस्थित इण्डियन इण्डिग्रेट स्कुलमा सुरु हुनेछ।

तस्वीरः भाईराम चौलागाई / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस