सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान,२१ फागुन। ‘रक्तपात हैन रक्तदान गरौं, हत्या हिंसा हैन जीवनदान गरौं’ भन्ने नाराका साथ जुटेको नेवार एकता समाज धरानले पूर्वाञ्चलको यस अघिको रेकर्ड तोड्दै ४ सय २५ पिण्ट रगत संकलन गर्न सफल वनेको छ।
समाजले गत असार ८ गते आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ४ पिण्ट रगत संकलन गरी पूर्वमै उत्कृठ वनेको समाजले आफ्नो वार्षिक उत्सवका अवसरमा सोमवार आयोजना गरेको रक्तदान कार्यक्रममा सो रगत संकलन गरेको हो। समाजले पूर्व कै तथा यो वर्ष नेपालमै सबै भन्दा वढि रगत संकलन गरेको छ।
मानवीय सेवा गर्ने उदेश्यले समाजले रक्तदान कार्यक्रमको आयोजना गदै आएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा अञ्चल प्रहरी कार्यालय कोशी धरानका कार्यालय प्रमुख एसएसपि यादवराज खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु सहभागी रहेका थिए।
कार्यक्रम संयोजक दिलिप श्रेष्ठले समाजले संकलन गरेको रगत संस्थाको सिफारिसमा गरीव तथा असहायहरुको लागि दिइने जानकारी दिए। समाजले रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर रक्तदानका लागि जनचेतनाका साथ अभियान चलाएको थियो। समाजका अध्यक्ष राजेशमान श्रेष्ठको सभापतितवमा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक दिलिप श्रेष्ठले स्वागत मन्तव्य गरेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b