एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, २० फागुन। नेपाल शिक्षक संघले शैक्षिक सुधार र समसामयिक राजनीतिक अवस्था सहितका विभिन्न विषयलाई समेटने गरी हालै राजधानीमा सम्पन्न महाधिवेशनबाट पारित ७१ बुँदे माग सार्वजनिक गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा आइतवार पत्रकार सम्मेलन गरेर संघले शिक्षा क्षेत्रमा देशको बजेटको २५ प्रतिशत बजेट छुट्टयाउनु पर्ने, संबैधानिक शैक्षिक ब्यवस्थापन आयोग गठन गर्नुपर्ने, शिक्षा प्रशासनका विभिन्न पदमा प्रतिष्पर्घा गर्न पाउनु पर्ने, दरबन्दीको आधारमा स्थायी शिक्षक नियुक्त गर्नु पर्ने, विगतमा भएका सम्झौता कार्यान्वयन लगायतका शैक्षिक माग अघि सारेको छ।

त्यसैगरी, १२ कक्षालाई एसएलसीसरह गरेर निशुल्क गर्नु पर्ने , १२ कक्षा उतिर्ण गरेका लाई आईएड सरह मान्यता दिनु पर्ने, एकल जातीय पहिचानको संघीयता भन्दा सबै प्रदेश मिलाएर संघ निर्माण गर्नु पर्ने, लोकतन्त्रको मुल्य मान्यताको संरक्षण लगायतका मागहरु अघि सारेको छ।

पत्रकार सम्मेलनमा संघको सातौ महाधिवेशनबाट केशब निरौलाको अध्यक्षतामा निर्वाचित ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि सार्वजनिक गरिएको थियो। अध्यक्ष निरौलाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न नसके स्तरीय शिक्षा दिन नसकिने भन्दै शिक्षा क्षेत्रलाई बन्द मुक्त र राजनीतिक हस्तक्षेप मुक्त राख्न माग गरे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस