एचकेनेपाल डट कम संवाददाता –
दाङ, २० फागुन । बहुजातीय समावेशी पार्टीका केन्द्रीय अध्यक्ष शंकर थापाले ठूला दल असफल भईस्केकोले अब साना दलहरुको नेतृत्वमा सरकार गठन गनुपर्ने माग गरेका छन्।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आईतवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले साना दलहरुको नेतृत्वमा वनेको सरकारले मात्र देशलाई निकास दिने दावी गरेका हुन्। उनले अहिले देशमा ठूला दलहरुले सिण्डिकेट प्रथा लागु गरेको आरोप लगाउँदै त्यसलाई तोडेपछि मात्रै मुलुकले निकास पाउने विश्वास ब्यक्त गरे।
थापाले इतिहासमै अहिले जस्तो महंगी, भष्टाचार, कालोबजारी, अराजकता र दण्डहिनता भएकोले पनि अब निकास दिने जिम्मेवारी साना दलको काधमा आएकोले राष्ट्रपति चार दलको घेराबाट बाहिरिनु पर्ने सुझाव दिए।
रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा थापाले संविधानसभावाटै संविधान निमार्ण प्रक्रियालाई सुनिश्चित गरिनुपर्ने भन्दै निर्वाचन आयोगमा दर्ता भएका सम्पूर्ण दलहरुको बृहत सम्मेलन गरी सर्वदलीय सरकार मार्फत निर्वाचनको सुनिश्चितता गरीनुपर्ने माग गरे। थापाले प्रधानन्यायाधीश नेतृत्वको सरकार देश र जनताको हित विपरीत हुने भन्दै साना दलहरुको सहमति विना सरकारको नेतृत्व दिए देश भर आन्दोलन थाल्ने चेतावनी समेत दिए।
थापाले विदेशी शक्तिले नेपालको संक्रमण कालको फाइदा उठाएको दावी गर्दै राष्ट्रिय स्वाभिमान कायम राख्दै सीमाको प्रभावशाली सुरक्षा व्यवस्था गरिनुपर्ने घारणा राखे। साथै पत्रकारहरुको प्रश्नको जवाफ दिदै थापाले देशमा केहि पार्टीहरुले जातिय राज्य बनाउन खोजेकाले आफूहरुले बहुजातिय पार्टी खोलेको समेत स्पष्ट पारे। थापाले आफूहरुले मुलकलाई बिखण्डन गर्ने गरि जातिय राज्य हुन नदिने समेत स्पष्ट पारे।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b