सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम –
नेपाली समाज आशफोर्ड केन्टको नवौं बार्षिक साधारण सभा २ मार्च २०१३ शनिबारका दिन स्थानीय पेरिस हलमा भव्यताका साथ सम्पन्न भएको छ।

बर्षमा एक पटक साधारण सभाको आयोजना गरी बर्षभरिको आर्थिक तथा कार्य प्रगति र आगामी कार्य योजनाको बारेमा जानकारी गराउने समाजको बैधानिक व्यवस्था रहेको छ। समाजका अध्यक्ष पोपिराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिब शोभराज गुरुङले आकस्मिक घटना भई हालेमा अपनाउनु पर्ने तरिकाहरुको बारेमा उपस्थित सबैलाई जानकारी गराएका थिए भने बरिष्ठ उपाध्यक्ष श्री लिम्बुले स्वागत मन्तब्य दिएका थिए। सचिब शोभराज गुरुङले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष पोपिराज राईले समाजका सदस्यहरुको पूर्ण सहयोग भएकोले नै सगरमाथाले यहाँ सम्मको यात्रा तय गर्न सफल भएको र भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेको मन्तब्य व्यक्त गर्दै समाजलाई सहयोग पुरयाउनु हुने सबैलाई धन्यबाद व्यक्त गरेका थिए।



तस्वीरः सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम

कार्यक्रममा सचिब शोभराज गुरुङले समाजको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने सचिब बसुन्धरा राई नेयोङ र दावा शेर्पाले महिला तथा युवा समितिको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। त्यसैगरी समाजका कोषाध्यक्ष अमृता तामाङले समाजको तथा दावा शेर्पाले युवा समितिको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रोपर्टी मेम्बर गोपाल तामाङले समाजको सम्पति ९प्रोपर्टी० प्रतिबेदन प्रस्तुत गरेका थिए। सभामा पेश गरिएका सबै प्रतिबेदनहरुलाई हलमा उपस्थित महानुभाबहरुले ताली बजाएर पास गरेका थिए।

कार्यक्रममा प्रोपर्टी खरीद सम्बन्धी गरिएको सर्भेको नतिजाको बारेमा बृहत छलफल भएको थियो। प्रोपर्टी खरीद समितिका संयोजक धन कुँवर तथा समितिका सदस्यहरुले प्रोपर्टी खरीद समितिमा रहेर काम गर्दा बटुलेका अनुभबहरु उपस्थितहरु महानुभाबहरु माझ शेयर गरेका थिए।

त्यसैगरी, कार्यक्रममा विधान संसोधन समितिका संयोजक श्री लिम्बुले संशोधित विधान प्रस्तुत गरेका थिए। सभामा पेश गरिएको उक्त विधानलाई पनि उपस्थित महानुभाबहरुले ताली बजाएर पास गरेका थिए। कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष पोपिराज राईले कार्यक्रम सफल भएको र सफल बनाउन सहयोग गरेकोमा उपस्थित सबैलाई धन्यबाद दिंदै कार्यक्रमको अन्त्य भएको औपचारिक घोषणा पश्चात कार्यक्रम सकिएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस