सन्तोष काफ्ले एचकेनेपाल डट कम
धरान, २० फागुन। चौथो मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रीय शारीरिक सुगठन प्रतियोगितामा झापाको विकास धिमालले चौथो मिस्टर पूर्वाञ्चलको उपाधि हात पार्न सफल भएका छन्।
प्रतिस्पर्धी खेलाडीहरुलाई पछाडि पार्दै उनले उपाधिसहित नगद ३५ हजार रुपैयाँ पुरस्कार साथै ट्रफी प्रमाणपत्र प्राप्त गरे। धिमालले ७० केजी तौलबाट प्रतिस्पर्धा गरेका थिए। धिमाल तेस्रो मिस्टर पूर्वाञ्चल पनि भएका थिए।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
त्यसैगरी, धरानको सुमन श्रेष्ठले दोस्रो भएका थिए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी, प्रमाणपत्र प्राप्त गरे। श्रेष्ठले ६० केजीको तौल समूहबाट प्रतिस्पर्धा गरेका थिए। तेस्रोे ६५ केजी तौल समूहका भरत राई भएका थिए। उनले नगद १० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र हात पारे। प्रतियोगितामा चौथौ विराटनगरको रविन राजवंशी भए। उनले नगद ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। उनले ५५ केजी तौल समूहबाट प्रतिस्पार्धा गरेका थिए। पाँचौ धरानको चेतनकुमार लिम्बू भए। उनले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
त्यसैगरी खुल्ला प्रतियोगितामा ५५ केजी तौल समूह ६० केजी तौल समूह ६५ केजी तौल समूह, ७० केजी तौल समूह, ७५ केजी तौल समूह गरी ५ समूहको खेलाडीहरुलाई प्रतिस्पर्धा गराएको एलाइनेट जिमको अध्यक्ष बिक्रम लिम्बूले जानकारी दिए। ५५ केजीको तौल समूहबाट प्रथम रविन राजवंशी, ६० केजी तौल समूहको प्रथम सुमन श्रेष्ठ, ७० केजी तौल तर्फबाट प्रथम विकास धिमाल र ७५ केजी तौल समूहको तर्फबाट प्रथम चेतनकुमार लिम्बु भए।
प्रतिभाशाली खेलाडीहरुलाई प्रतियोगितामा भाग लिन र शारीरिक सुगठन खेलको तर्फबाट खेल क्षेत्रमा विकासको योगदान पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको अध्यक्ष लिम्बूले जानकारी दिए। प्रतियोगिता एलाइनेट जिम धरान–१५ ले आयोजना गरेको थियो। यो प्रतियोगिता १० औ प्रस्तुति रहेको थियो। प्रतियोगिताको निर्णायक प्रमुख पुप्प श्रेष्ठ थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b