सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, २० फागुन। नेपाल विद्यार्थी संघ (नेवि संघ)का केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेविसंघ सुनसरीको आधिकारिक अध्यक्ष वसन्त राई नै भएको बताएका छन्।
नेविसंघ सुनसरीको अध्यक्षमा विकास केसीले आपूm आधिकारीक अध्यक्ष भएको दाबी गरिरहेको अवस्थामा अध्यक्ष कर्णले आधिकारिक रुपमा त्यस्तो बताएका हुन्। उनले सुनसरीमा विवाद भएपछि संघको अनुशासन समितिको सिफारिसमा राईलाई अध्यक्षमा मनोनित गरेको स्पष्ट पारे। शनिबार धरानमा पत्रकार सम्मेलन गरी अध्यक्ष कर्णले पत्रकार समक्ष भने–‘संगठानिक मर्यादाविपरित काम गरेका कारण समितिको सिफारिस अनुसार केसीलाई कार्वाही गरी राईलाई मनोनित गरिएको हो।’
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
अध्यक्ष कर्णका अनुसार केसीले संगठनको मर्यादाविरित काम गरेका कारण सुनसरीमा नेविसंघ विवाद उत्कर्षमा पुगेको थियो। केसीकै कारणले सुनसरीमा संघको समानान्तर समिति समेत बनेकोले अनुशासन समिति तथा पार्टीको सल्लाह अनुसार नेविसंघ सुनसरी विघटन गरी राईलाई अध्यक्ष बनाइएको हो।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नगरसमिति सदस्य मनिता घिमिरे तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र न १ का सचिव सुजेन्द्र गोल र नेवि संघ सुनसरीका पूर्व अध्यक्ष मुकेश थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। पत्रकारहरुको जिज्ञासामा कणले सुनसरीमा अझै पनि विवाद रहेको स्वीकार गर्दै उनले चाँडै नै दुवै पक्षलाई राखेर विवाद मिलाउने बताउँदै भने ‘हालको आधिकारिक अध्यक्ष भने राई नै हुन्।’ साथै उनले राई सुनसरीका आधिकारीक अध्यक्ष भएकोले भ्रममा नपर्न आग्रह समेत गरे। अध्यक्ष कर्णका अनुसार आधिकारिक अध्यक्ष राई भएको अवस्थामा विकास केसीले नेविसंघको नाममा विभिन्न गतिविधि गरे अबैधानिक हुने र केसीलाई अझ सशक्त कारवाही गर्ने चेतावनी दिए। कर्णले आगामी जेठ दोस्रो हप्ता नेविसंघको महाधिवेशन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।
नेविसंघ सुनसरीमा विकास केसी अध्यक्ष भएदेखि नै विवाद सुरु भएको थियो। उनी अध्यक्ष भएकै अवस्थामा तत्कालिन उपाध्यक्ष तिर्थ राई लगाएका विद्यार्थी नेताहरुले केसीमा संगठनको आचरण नभएको आरोप लगाउँदै समानान्तर समिति नै गठन गरेका थिए। सांगठननिक कार्वाहीमा परेका केसी काँग्रेसको प्रजातान्त्रिक धार नजिकका हुन् भने राई संस्थापन पक्षधर हुन्। केसीलाई पार्टीको धरान नगरसमितिको र जिल्लाको आशिर्वाद रहेको छ भने राईलाई संघको केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय समितिको समर्थन रहेको छ।
अध्यक्ष कर्णले अर्को एक प्रसंगमा नेविसंघ समतामूलक शिक्षाको पक्षमा रहेकोले वर्तमान शिक्षा नीति खारेज गरी समतामुलक शिक्षा नीति ल्याउनु पर्ने बताए। सरकारको असमान शिक्षा नीति कारण पुँजीपतिहरुका छोराछोरीहरुलाई मात्र फाइदा पुगेको उल्लेख गर्दै कर्णले कर्णालीको गरिबको छोराछोरीलाई फाइदा हुने समतामुलक शिक्षा नीति ल्याउन सरकारसंग माग गरे। अध्यक्ष कर्णले भने–‘ नेविसंघले असमान शिक्षा नीति खारेज गर्न पटक–पटक सरकारसंग माग गरेको छ। तर, सरकार चुप लागेर बसेको छ।’ अध्यक्ष कर्णले कक्षा १२ सम्म निशुल्क शिक्षा हुने पर्ने बताउँदै अझै पनि सरकारी विद्यालयमा विभिन्न बहानामा विद्यार्थीहरुसंग चर्को शुल्क लिरहेकाले अबैधानिक शुल्क खारेज नगरे विद्यालयका प्रअ, शिक्षा कार्यालय र सरकार विरुद्ध शसक्त आन्दोलन र कार्वाहि अगाडि बढाउने चेतावनी दिए।
स्ववियु निर्वाचन समयमा नभएकाले विद्यार्थी आन्दोलन कमजोर भएकाले तत्काल स्ववियु निर्वाचन गरी विद्यार्थी आन्दोलनलाई मजबुत बनाउनु पर्ने अध्यक्ष कर्णको भनाइ छ। स्ववियु निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुले समानुपातीक निर्वाचन प्रणाली लागू गर्ने माग गरिरहे पनि नेविसंघ प्रत्यक्ष निर्वाचन प्रणालीमै अडिग रहेको कर्णले बताएका छन्। सोही पत्रकार सम्मेलनमा अध्यक्ष कर्णले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेर राजनैतिक दलहरुले गल्ती गरेको बताए। कर्णले भने गैरराजननीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु दलीय व्यबस्था भएको मुलुकमा असंबैधानिक हुन्छ। प्रधानध्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलहरुको सहमति विरुद्ध चर्को विरोध भैरहेको प्रसंग कोट्याउदै कर्णले प्रधानमन्त्रीको चयन दलहरुकै व्यक्तिबाट गरिनु पर्ने राजनैतिक दलहरुलाई सुझाव दिएका छन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b