एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १९ फागुन। युद्ध अपराधको आरोपमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामा धरौटीमा रिहा हुने भएका छन्।
चेल्म्स्फोर्ड क्राउन कोर्टले उनलाई शुक्रवार धरौटीमा रिहा गर्न आदेश दिएको हो। कानुनी प्रक्रिया बाँकी रहेकाले रिहा हुन केही दिन लाग्ने छ। प्रारम्भिक सुनुवाईका क्रममा धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी झण्डै दुई महिनादेखि लन्डनको बेलमार्स कारागार थिए। धरौटीमा रिहा भएपनि मुद्दाको छिनोफानो नहुञ्जेल उनले बेलायत छाड्न पाउने छैनन्। लामा रिहा हुने भएपछि बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले खुसि व्यक्त गर्दै यसको स्वागत गरेका छन्।
द्वन्द्धकालमा गैरकानूनी हिरासतमा लिएर यातना दिएको आरोप लागेका ४६ वर्षीय लामा जनवरी ४ तारिख बेलायतको सेक्सस शहरबाट प्रक्राउ परेका थिए। सन् २००५ मा गोरुसिंगे व्यारेकमा रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप लामामाथि लागेको छ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिशनअन्तर्गत सुडानमा कार्यरत लामा बेलायतमा रहंदै आएकी श्रीमतिलाई भेट्न सेक्सस आएको बेला पक्राउ परेका थिए। युद्ध अपराध सम्बन्धी बेलायती कानुन (क्रिमिनल जस्टिक ऐक्ट) अनुसार उनी पक्राउ परेका थिए। यो कानुन अनुसार संसारका जुनसुकै देशमा अपराध गरेको भएपनि बेलायती भूमिमा पक्राउ गर्ने अधिकार बेलायती सरकारलाई छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b