सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १८ फागुन। द आर्ट अफ लिभिङ संस्थापक एवं अध्यात्मिक गुरु रवि शङ्करले नेपालका तीन कुरालाई कसैले हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ।

हिंसारहित समाज तथा विश्व शान्तिको कामनासहित शुक्रवार धरान आउनुभएका गुरु शंकरले पहाडको धनी, नेपालको संस्कृतिको धनी र गौतमबुद्धको जन्म भूमि भनेर चिनिएको नेपाललाई कसैले दाबी गर्दैमा सत्य कुरा असत्य नहुने बताउनुभयो। उहाँले एसिया लगायतका अन्य मुलुक औपनिवेशिक रुपमा चलेको भएपनि नेपाल जहिल्यै स्वतन्त्र भएर बसेको बताउनुभयो।

उहाले पुरानो धर्म परिवर्तन गर्ने चलन नेपालमा पनि भएको बताउनुहुदै धर्म परिवर्तनले विकृति निम्त्याउने तर्क पेश गुर्नभयो। धर्म परिवर्तन गर्दा आफ्नो पहिचान, सँस्कृति ओझेलमा पर्दै जाने बताउनुहुदै गुरु शंकरले यसैको कमजोरीका कारण अन्य देशले नेपालमाथि खेल्ने मौका पाएको बताउनुभयो। हरेक कुराको धनी देश नेपालमा मुलुकको विकासमा असल युवकको खाँचो रहेको बताउनुहुदै निवास्र्थ भावले मुलुकको विकासमा लाग्ने युवालाई नेतृत्व हस्तान्तरण गरे नेपालले द्रुत विकास गर्ने जानकारी दिनुभयो ।

दुई घण्टाको धरान बसोबासका क्रममा उहाँको स्वागतमा उहाले सबैले सकरात्मक सोच लिएर अगाडि बढे कुनै पनि काम अप्ठेरो नहुने बताउनुभयो। उहाले नेपालीको पहिचान टोपी भएकोले मार्च १ अर्थात आजको दिनलाई ‘टोपी दिवसका’ रुपमा मनाउन सबै नेपालीलाई आग्रह समेत गर्नुभयो। उहाले अर्को बर्ष मार्च १ मा धरान आउदा सर्बैले टोपी लगाएको देख्न पाउने आशा समेत व्यक्त गर्नुभयो।

गुरु शंकरको स्वागतमा पूर्वको साँस्कृतिक विविधतासहितको ¥याली, झाँकी, र जातजातिका साँस्कृतिक नृत्यहरु पदर्शन गरिरिएको थियो। पब्लिक उच्च मावि धरान १२ को खेल मैदानमा भएको सो प्रवचनमा १० औ हजार मानिसको उपस्थिति रहेको थियो। यस भन्दा गुरु शंकर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेतको अवलोकन गर्नुभएको थियो।

भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस