केजिन राई / एचकेनेपाल डट कम-
ब्रसेल्स बेल्जियम, १ मार्च। नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा युरोपको राजधानी मानिने बेल्जियमको लुभेन शहरमा फेब्रुवरी २४ तारिख बेल्जियमकै इतिहासमा पहिलो पटक संयुक्त रूपमा आ -आफ्नै आदिबासी जनजातीहरूको कला- सस्कृति समेटेर आयोजना गरिएको ¨आदिबासी सांस्कृतिक सांझ ¨ भब्य रूपमा सम्पन्न भएको छ।
सांस्कृतिक सांझ शुरू हुनु अगाडि बर्तमान नेपालको राजनीति र आदिबासी जनजातिको सवाल अनि भूमिकाबारे बृहत अन्तर्कृया कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रमुख अथिति संघीय समाजवादी पार्टी नेपालको अध्यक्ष अशोककुमार राई हुनुहुन्थ्यो भने बिशेष अथिति नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव आङकाजी शेर्पा हुनुहुन्थ्यो।
त्यसैगरी अथिति एनआरएन आईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष जानकी गुरुङ हुनुहुन्थ्यो। बेल्जियमस्थित बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिलगायत बेल्जियमस्थित पत्रकारको साथै आदिवासी जनजाति हकहितको लागि संघर्षरत बेल्जियमवासी नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो।
महासंघ बेल्जियमको उपाध्यक्ष अनन्त गुरुङले खादा ओढाइ स्वागत गरे पश्चात प्रमुख अथिति र विशेष अथितिद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुका साथसाथै ¨हामी आदिबासी हामी जनजाति बोलको आदिवासी राष्ट्रिय गीतवाट कार्यक्रम प्रारम्भ गरिएको थियो।
विपि प्रतिष्ठान बेल्जियमकी सचिव सिता सापकोटा, नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको महासचिव कृष्ण तिवारी, नेपाली जनसंपर्क समिती बेल्जियमको अध्यक्ष गंगाधर गौतम,नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमको अध्यक्ष प्रेम पाठक, जनप्रगतिशिल मोर्चा बेल्जियमको सल्लाहकार बिष्णु भुजेल, आईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ र एनआरएन अध्यक्ष जानकी गुरुङ्ले आ-आफ्नो जिज्ञासा र विचार सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।
तत्पश्चात विशेष अथिति महासचिव शेर्पा तथा प्रमुख अथिति अध्यक्ष राईले करिव तीन घण्टा लामो मन्तव्यमा वर्तमान राजनैतीक स्थिती, आदिवासी जनजातिहरुको हक अधिकार र आन्दोलन तथा आन्दोलनको औचित्य, ठूला राजनैतीक दलहरुको जनजातिप्रति रहेको धारणा, ठूला पार्टी जस्तो काङ्ग्रेस- एमाले भित्रको जनजाति नेताहरुले गरेको विद्रोह र कारण अनि नयाँ पार्टी निर्माणको आवश्यक्तालगायत बिषयमा स्पष्ट पार्नु भएको थियो। अन्तमा अध्यक्ष शेर्पाले उपस्थित अथितीको मन्तव्यहरुमाथी छोटकारीमा टिप्पणी गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो। महासंघ बेल्जियमको अध्यक्ष पेम्वा गेल्बु शेर्पाको अध्यक्षता र महासचिव कुल बहादुर मगरको सन्चालन तथा महासंघ उपाध्यक्ष सोमनाथ थनेत स्वागत मन्तव्य रहेको थियो।
किरातको तर्फवाट प्रस्तुत गरेको पल्लो किरात लिम्बु जातिको प्रमुख नृत्य च्याब्रुङ सँगै सुरु भएको सास्कृतिक कार्यक्रममा हिमाली शेर्पा जातिको प्रमुख नृत्य स्याप्रु, वल्लो किरात माझ किरातमा बिषेश सांस्कृतिक गहनाको रूपमा रहेको किरात राईहरूको प्रमुख नृत्य साकेला सिलीमा केही समय प्रमुख अतिथी अध्यक्ष राई समेत नर्तकको रूपमा शिलीमोपा पछि -पछि साकेला शिली प्रदर्शन गरेको क्षण निकै रोमान्चकारी बनेको थियो। तमु गुरुङ जातिको झ्याउरे नृत्य मगरातको नृत्य अनि तामाङसेलो झन मन छुने खालको कार्यक्रमको आकर्षण रहेको थियो । कार्यक्रमको अन्त्यतिर नेपालबाट आउनुभएको कलाकारहरु ज्योति मगर र दुर्गा गुरुङको प्रस्तुतिसगै दर्शकहरु रमाएको मात्रै होईन, कार्यक्रम हल नै निकै तातेको थियो।
सघीय समाजबादी पार्टीको बैदेशिक,भातृ सँगठनको बिस्तार- घोषणा, कार्यकर्ता प्रशिक्षणको कार्यक्रममा अध्यक्ष राई र महासचिब शेर्पाले बेल्जियम फेब्रुअरी,२४, २५ मा नेदरल्याण्ड,२७ मा पोर्चुगल्,२८- र मार्च १ सम्म हामबर्ग जर्मनी, म्युनिख जर्मनी, २ तारिख फेरी बेल्जियममा पार्टी घोषणा सभा र पार्टीको पूरै युरोप तदर्थ समिती निर्माण हुने कार्यक्रममा सहभागी रहने बुझिएको छ।
बेलायत, इटाली,स्पेन पोर्चुगल्,जर्मनी ,नेदरल्याण्ड, फ्रान्स, लगायतका मुलुकबाट बेल्जियममा सो पार्टीको युरोप क्षेत्रीय समिती निर्माणको लागी प्रतिधीहरू आउने क्रम जारी रहेको छ। ४ -९ मार्च महासचिब शेर्पाले बेलायतको बिभिन्न शहर मा अन्तर्कृय र सँगठन बिस्तार गर्ने योजना रहेको छ। साथै अध्यक्ष राईले ६-१४ तारिखमा स्पेन, फ्रान्स, स्विटजरल्याण्ड र अष्ट्रीयामा हुने कार्यक्रममा सहभागी हुने बुझिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b