Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एक लाख रुपैया घुस नपाएपछि ट्रक भन्सार चलान

दीपक गौतम / एचकेनेपाल डट कम-
वीरगञ्ज, २४ फागुन । शसस्त्र प्रहरीको पर्साको वीरगञ्जमा रहेको सिमासुरक्षा कार्यालय चिनीमिल वीरगञ्जका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक कृष्णभक्त कर्माचार्यले १४ वटा दुहुना भैंसी र १४ वटा नै पाडापाडी लोड गरिएको ट्रकलाई एक लाख रुपैया घुस नपाएपछि भन्सार चलान गरेका छन्।

गएराति वीरगञ्जको गण्डक चोकबाट शसस्त्र प्रहरीले आवश्यक पर्ने कागजातमा खोट देखाऊदै आफ्नो नियन्त्रणमा लिई सिसुका पर्साको चिनीमिलस्थित कार्यालयमा रातिको करीव ८ बजे लगी करिब अढाई घण्टा सम्म घुस रकम (नजराना) रकम माग गरेका र रातको करीव साढे १० बजे १४/१४ वटा दुहुना भैसी र पाडापाडी लोड गरीएको ना३ख ५५६६ नम्बरको ट्रकलाई भन्सार चलान गरेका थिए।

बारा जिल्लाको दक्षिण झिटकैया गाविसका सचिव द्वारिका प्रसाद यादवले गाविसका तर्फबाट भैसीधनीको नाम र ठेगानासहित भैसी खरिद गरिएको सिफारिस गरिएको सक्कल प्रति, पशु क्वारेन्र्टाईन कार्यालय वीरगञ्जको पशु स्वास्थ्यको प्रमाणपत्रको सक्कल प्रति,हाम्रो नमूना दुग्ध सहकारी सस्था माझफाट पर्वतको पशु खरिदको निणर्यप्रति एवम बारा पर्साबाट खरिद गरी ल्याउने आदेश प्रति हुंदा हुंदै शसस्त्र प्रहरीले पशु क्वारेन्र्टाईन बाराको पत्र चाहिने जनाउदै घुस रकम माग गरेको थियो।

वीरगञ्जका आफूलाई सञ्चारकर्मी बताउने उमेश दुबे नामका व्यक्तिले आफूहरुसंग अवैद्य रकम माग गरेको र आफूले रुपैया दिन नमानेपछि सशस्त्र प्रहरीको जिम्मा लगाएको पीडित कृषक प्रशुराम पौडेलले बताए। सशस्त्र प्रहरी कहाँ पुगेपछि न्याय पाइएला कि भनेको त उल्टै शसस्त्र प्रहरीका एसपी साबले हामी कहाँ आएपछि कागजपत्र सबै भए पनि त्यसै छाड्नु हुदैन पैसा खायो भनेर यिनै (संगै पुगेका आफूलाई पत्रकार भनी चिनाउने उमेश दुबे) पत्रकारले छाप्छन् यिनैसंग कुरा मिलाएर आउनुस् भनी भनेर पौडेलले बताए।

सिमा सुरक्षा कार्यालय चिनीमिलमा कार्यरत सिंह थरका शसस्त्र प्रहरीका वरिष्ठ हवल्दारले एक लाख रुपैया व्यवस्था गर्नु होस ट्रक हामी यहीबाट छोडि दिन्छौं नत्र भन्सार चलान गछौं भन्सार गएपछि भैसीसहित ट्रक समेत लिलाम हुन्छ भनी भनेको र रुपैया व्यवस्था गर्न दबाब दिएको पीडित कृषक एवम हाम्रो नमूना दुग्ध सहकारी सस्था माझफाट पर्वतका सल्लाहकार गगाप्रसाद शर्माले बताए। हामीसंग सबै कागजात छन् भैसीहरु नेपालकै हुन्, हामीले घुस दिनौं, हामीसंग त्यत्रो एक लाख रुपैया छैन हामीसंग ५ हजार मात्र छ त्यो हामी पाँच जनाका लागि खाना खाजाका लागि हो हामी पैसा दिन सक्दैनौ भनेपछि रातारात हाम्रो भैसी लोड गरिएको ट्रकलाई भन्सार लगिएको हो। रातभरी राखियो आखिर कागजपत्र सही भएकाले भन्सार कार्यालय खुलेपछि ट्रक छाडियो, पौडेलले भने।

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवं प्रवक्ता हरिहर पौडेलले नेपालमा खरिद गरेका पशु चौपायाको भन्सार नलाग्ने र एक स्थानबाट अन्यत्र लैजानका लागि पशु क्वारेन्र्टाईनको स्वास्थ्य प्रमाणपत्र र गाविसको सिफारिस भए पुग्ने बताए।

यता सिमा सुरक्षा कार्यालय चिनीमिलका शसस्त्र प्रहरी उपरिक्षक कृष्णभक्त कर्माचार्यले आफूले घुस रकम नमागेको र आफ्नो केटाले मागेको भए बुझ्ने र कार्यवाही गर्ने बताए। कागजपत्र सबै सही थियो, पशु क्यारेन्र्टाईनको वीरगन्ज कार्यालयको सिफारिसपत्र थियो बाराको कलैयाको थिएन। त्यो नभए पनि छाड्न सकिन्थ्यो तर पत्रकारले सुराकी दिएकाले हामीले भन्सार नै पठाएका हौं शसस्त्र प्रहरी उपरीक्षक कर्माचार्यले भने। एक लाख घुस माग्ने शसस्त्र प्रहरीका वरिष्ठ हवल्दारसंग दुइ तीन दिनभित्रमा बुझ्ने उनले बताए।

सादा पोशाकमा रहने ति वरिष्ठ हवल्दार र केही छदमभेषी सञ्चारकर्मीमार्फत घुस रकम लेनदेन हुने गरेको सिसुका पर्सा कार्यरत एक शसस्त्र प्रहरी निरीक्षकले बताए। एसपी साबको हातमा पुगेको केश मिलाई दिन्छु पैसा देउ भनी तल्लो तहको कर्मचारीले हाकिमको आदेश बिना भन्न नसक्ने ति शसस्त्र प्रहरी निरीक्षकले ठोकुवा गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by