Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

थसेस जापानको ‘शुभकामना साँझ’को भब्य तयारी हुदैं

एचकेनेपाल डट कम संवाददाता-
जापान, थकाली सेवा समिति जापानले मार्च महिनाको १८ तारिखका दिन नेपालका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती रहने ‘२१ औं शुभकामना साँझ’ तथा लुम्बिनी भ्रमण बर्ष २०१२ को उपलक्ष्यमा होली धमाका नामक कार्यक्रमको भव्य तयारी गरिरहेको छ।

प्रत्येक वर्षको मार्च महिनामा पर्ने थकालीहरुको महान पर्व फागु पूर्णिमा “तोरन्ल्ह” को शुभ-उपलक्ष्यमा थसेस जापानले नेपालबाट चर्चित कलाकारहरुलाई आमन्त्रण गरि जापानबासी आम नेपाली र जापानीहरुबिच बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको छ। सोही अनुरुप यस बर्ष “२१ औं शुभकामना साँझ” को रुपमा आगामी मार्चको १८ तारिख आईतबारका दिन टोक्योको मेगुरो कुमिन सेन्टरमा उक्त कार्यक्रम हुन गईरहेको हो।

२१ औं शुभकामना साँझ आयोजक समितिका संयोजक राजु शेरचनद्वारा प्रेषित बिज्ञप्तिमा जापानको समयनुकूल, परिवर्तित सन्दर्भ र दर्शक-श्रोताहरुको चाहनालाई ध्यानमा राखी नेपालका चर्चित हाँस्यब्यङ्ग कलाकार, मेरी बास्सैका उनै जोडी सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) तथा ख्यातिप्राप्त पप गायक धिरज राई र सुप्रसिद्ध आधुनिक गायक प्रमोद खरेल गरी चार जनालाई निम्त्याई भब्यरुपमा कार्यक्रम सम्पन्न गर्ने तैयारी गरिरहेको छ। 

संस्थाका अध्यक्ष शरद कुमार गौचनका अनुसार २१ औं शुभकामना साँझसंगै लुम्बिनी भ्रमण बर्ष २०१२ लाई मध्यनजर राख्दै भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भनेर प्रचारप्रसार गरिने र नेपालको पर्यटन प्रवद्धनको निमित्त नेपाली कला, संस्कृति र नेपाललाई चिनाउने एवं नेपालीपन झंल्किने खालका कार्यक्रमहरुलाई बिशेष महत्व दिईने बताउदै उक्त कार्यक्रममा सम्पूर्ण जापानबासी नेपाली, जापानीहरुलगायत अन्य महानुभावहरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by