सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, १५ फागुन। धरानकी १८ वर्षीया नेहा बजाज मिस पूर्वाञ्चल–२०१३ को ताज पहिरन सफल भएकी छन्।

सोमबार धरान सभागृहमा भएको फाइनल प्रतियोगितामा प्रमुख निर्णायक किशोर नेपालले नयाँ नेपाल बनाउन तीन मुख्य काम के हुन् ? भनेर सोधेको प्रश्नको सही जवाफ दिँदै उनी ताज पहिरन सफल भएकी हुन्। उनले जवाफमा राजनीतिक स्वार्थ त्याग्नु, समानताको व्यवस्था र विकासमा गतिशीलता हुनु पर्ने बताएकी थिइन्।

उनलाई मिस पूर्वाञ्चल–२०१२ की विजेता अस्मिता गुरुङले ताज पहि¥याइदिएकी थिइन्। बजाजले मिस पूर्वाञ्चलको ताजसँगै मिस पर्सनालिटीको टाइटलसमेत जितेकी छन्। चार्टर एकाउन्टेन्टकी विद्यार्थी बजाजले टीभीएसका स्कुटी तथा गिफ्ट ह्याम्पर हात पारेकी छन्।

प्रतियोगिताको फष्ट रनर–अपको उपाधि धरानकै एलिशा श्रेष्ठले हात पारिन्। नर्सिङ अध्ययन गर्दै गरेकी १९ वर्षीया श्रेष्ठले मिस ट्यालेन्टको टाइटलसमेत हात पारिन्। उनले नगद २५ हजार हात पारेकी छन्। यस्तै सेकेण्ड रनर–अपको उपाधि दमककी १८ वर्षीया वर्षा राईले हात पारिन्। उनले नगद २५ हजार तथा गिफ्ट ह्याम्पर पाएकी छन्। यस्तै बेष्ट क्याट्वाक धरानकी सृष्टी राई, मिस चार्मिङ दमककी श्रद्धा ढकाल, पब्लिक च्वाइसमा इटहरीकी सालु थापा, मिस फोटोजेनिकमा धरानकी प्रेरणा खड्का छानिए।

हाईट इभेन्ट तथा सिल्भर इन्टरटेन्टमेन्टले आयोजना गरेको चौथो मिस पूर्वाञ्चल प्रतियोगितामा १४ जना सहभागी थिए।


CLICK HERE TO VIEW MORE PHOTOS
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस