रविन लिङदेन “आम्भु जेठा” / एचकेनेपाल डट कम-
हङकङ, २६ फेब्रुवरी। लिम्बू भाषा र संस्कृतिमा आधारित चलचित्र “केःवा कोक्मा” अर्थात “लाटो पहाड” हङकङमा प्रदर्शन हुने तयारीका साथ प्रमोशन सो सम्पन्न भएको छ।

नेपाल इन्टरनेशनल इण्डिजिनस फिल्म फेस्टिवल २०१२ मा “पब्लिक च्वाइस” अवार्ड जित्न सफल ठूलो पर्दाको चलचित्र आगामी मार्च ३१ तारिख याउ मा तेइ कम्युनिटी सेन्टरको हलमा प्रदर्शन हुने आयोजकले जनाएको छ।


तस्वीरः रविन लिङदेन “आम्भु जेठा” / एचकेनेपाल डट कम

सेहोनाम्लाङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र “केःवा कोक्मा” पहिलो पल्ट हङकङबाट प्रदर्शन हुन लागेको “याक्थुङ मुनचयित चोक्सयङ” ९लिम्बु चलचित्र निर्माण संघ०का अध्यक्ष तथा चलचित्र निर्देशक मौसम इम्बुङले बताए। हङकङ नेपाली महासंघको कार्यालयमा शनिवार साँझ किरात याक्थुङ चुम्लुङले आयोजना गरेको “केःवा कोक्मा” जानकारी सभामा अध्यक्ष इम्बुङले उक्त कुरा बताएका हुन्।

लिम्बू भाषा ९मातृ भाषा० मात्र वोल्न सक्ने मानिस अथाव वच्चा नेपाली समुदायमा कसरी हुर्कन्छ भन्ने शिक्षा बोकेको चलचित्र “केःवा कोःक्मा” प्रमोशन सो हेरिसकेपछि वाहिर निस्कदा सोधिएको प्रश्नमा लाओती सयङका अध्यक्ष भिमराज लाओतीले “केःवा कोःक्मा” एकपल्ट हेर्नै पर्ने फिल्म भएको बताए। लाओतीको कुरामा थप्दै सीता आङवोहाङले फिल्मले आफ्नो मन जितेको वताइन्।

रवि शेर्माले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता तथा नायक सविन तुम्बाहाङफेको “केःवा कोःक्मा”मा निर्माता आइन्द्र सुन्दर नेम्बाङ सहनिमार्ताहरुमा सुमन वनेम, इन्द्र आङदेम्बे, सक्ति नेम्बाङ, होम कुमारी सिङघक सुनुवार रहेका छन्।चलचित्रका नायिका प्रविण पन्धाक छि भने बाल कलाकार अर्जुन वेघा रहेका छन्। यासेली योङहाङ, सूर्य प्रकाश चेम्जोङ, आइन्द्र सुन्दर नेम्बाङ, अर्जुन वेघा लगायतका कालाकारहरुको विशेष भूमिका रहेको उक्त चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा भुवानी विक्रम सम्बाहाम्फेले संगीत दिएका छन्।

जानकारी सभामा चलचित्रको भुमिका वारेमा “केःवा कोक्मा”का सह निर्माता सुमन वनेमले आफ्नो कुरा राखेका थिए भने कार्यक्रमका प्रमुख अतिथि हङकङ नपाली महासंघका सचिव नन्द चङसुले जातिय भाषिक आधारमा बनेको चलचित्रहरुलाई प्राथमिकता दिनु पर्ने बताए।

चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवाको अध्यक्षतामा भएको “केःवा कोक्मा” जानकारी सभालाई सदस्य किरण लिवाङले संचालन गरेका थिए। चुम्लुङको सदस्य रुद्र फोम्बोले स्वागत मन्तब्य गरेको कार्यक्रममा किरात धर्म साहित्य उत्थान संघका अध्यक्ष मोहनमान नेम्बाङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष श्याम इङनामलगायत अन्य अतिथिहरु सहभागी थिए।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस