एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ फागुन । नेपाली काग्रेसका नेता अजुर्न नरसिंह केसीले अरु विकल्पमा सहमति नभए राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद गर्नु उपयुक्त विकल्प हुने बताएका छन्।
कार्यपालिका र न्यायपालिकाको नेतृत्व एकै ब्यक्ति भए स्वतन्त्र न्यायपालिका समाप्त हुने भन्दै अहिले पनि निकासको उपयूक्त विकल्प दलहरुनै भएको बताए। नेपालका सबै जिल्ला कुदेरै पुगेर किर्तिमान राख्न सफल धावक कुलबहादुर शाहीलाई यूवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले दलहरुको नेतृत्व नभए लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका नागरिक समाजका ब्यक्तित्वको नेतृत्व मान्नु पर्ने भन्दै त्यो पनि हुन नसके राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने बताए। उनले भने–लोकतान्त्रिक पद्धति अनुकुल हुने गरी विकल्पमा छलफल गर्नु पर्छ। कुनै एक दल विशेषको अधिवेशनले प्रधानन्यायाधीशको नेतृत्वको प्रस्ताव आउनु उचित हुनै सक्दैन।
एमाओवादीले सहमति, निर्वाचन नचाहेको र केवल सत्ताको आयूमात्रै लम्ब्याउन चाहेको दावी गर्दै केसीले संसारका सर्वसत्ताबादीहरुले पहिला प्रेस र त्यसपछि न्यायलयलाई समाप्त पार्ने गरेको ईतिहास पच्छ्याउँदै अघि बढेको आरोप पनि लगाए। उनले भने–डेकेन्द्र हत्या काण्ड रोक्नु र प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याउनु त्यसकै उदाहारण हो। उनले लोकतन्त्र विरोधी हुने कुनै पनि विषयमा काग्रेसले सहमति नगर्ने समेत सो अवसरमा स्पष्ट पारे।
यूवा तथा खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमालले शान्तिको कामना गर्दै कुदेर ७५ जिल्ला पुग्ने धावक कुलबहादुर शाहीको प्रयास आफैमा किर्तिमान भएकोले मन्त्रालयले पहिलो पटक ब्यक्तिगत रुपमा सम्मान गरेको भन्दै आर्थिक सहयोग गर्न सक्ने अवस्थामा मन्त्रालय नभएको बताए।
किर्तिमानी धावक कुलबहादुर शाहीले १५ सय रुपैया लिएर जुम्लाबाट आफूले थालेको यात्रा कठिनाईमा सकिएको उल्लेख गर्दै अहिलेसम्म कसैले पनि आफूलाई सहयोग नगरेको गुनासो गरे। आफूलाई सहयोग गरे यस्ता अनेकौ किर्तिमान कायम गरेर मुलुकको नाम उचो पार्ने प्रतिबद्धता समेत ब्यक्त गरे। यात्राको क्रममा शाहीले प्रत्येक दिन विहान ६ बजेदेखि ११ बजेसम्म ४२ किलोमिटर र ३ बजेदेखि ६ बजेसम्म गरेर दिनको ५५ किलोमिटर दौडेका थिए।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b