एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १३ फागुन। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले एमाओवादी र मोर्चाका सबै प्रस्ताव फेल भईसकेकोले अब प्रतिपक्षी दलको प्रस्तावलाई मान्नु पर्ने बताएका छन्।

जोशीले प्रचण्ड, बाबुराम र मोर्चाका सबै प्रस्तावलाई प्रतिपक्षले स्वीकार्दा पनि उनीहरुको सत्तालिप्साका एजेण्डाहरु एकपछि अर्को गर्दै अगाडि सारेका कारण उनीहरुको प्रस्ताव फेल हुन पुगेको दावी गर्दै अव उनीहरुले प्रतिपक्षी दलको प्रस्तावलाई स्वीकार्नु पर्ने बताए।

रिपोर्टर्स क्लब नेपालमा नेविसंघका पूर्व सहमहामन्त्री निलकण्ठ रिजालद्वारा लिखित नेपाल विद्यार्थी संघको संगठन सुदृढीकरणका लागि साँगठानिक, राजनैतिक एवं शैक्षिक दृष्टिकोणसहितको अवधारणा पत्र सार्वजनिक गर्दै जोशीले भने– लोकतन्त्रलाई समाप्त पारी सर्वसत्तावाद लाद्न खोज्ने माओवादीको अस्तित्व समाप्त हुन्छ।

नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरेले अहिलेका राजनीतिज्ञहरुले प्रचण्डका वरिपरी घुमेकाले संकटकालको निकास निस्कन नसकेको आरोप लगाए। पूर्व अध्यक्ष कल्याण गुरुङले नेविसंघले सर्वसत्तावादको वकालत गर्नेहरुसँग भिड्न नसके यो भन्दा पनि कमजोर अवस्थामा पुग्ने चेतावनी दिए। पूर्व केन्द्रीय सदस्य उर्मिला थपलियाले अहिलेको अन्तिम निर्णय निर्वाचन भएकाले निर्वकल्प निर्वाचनमा जानुपर्ने बताईन्। अवधारणा पत्रका लेखक निलकण्ठ रिजालले भने– अवको नेविसंघ नम्र, विवेकशील, संस्कारित र प्रशिक्षित हुन जरुरी छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस