निमकान्त पाण्डे /एचकेनेपाल डट कम-
साउदी अरब, २४ फरवरी। वैदेशिक रोजगारका लागि साउदी अरबमा तीन बर्षदेखि काम गर्दै आएका ३ जना नेपाली घर जाने बेलामा कम्पनीले बिचल्लीमा पारेको छ।
नेपाल सरकारबाट स्वीकृत पाप्त मेनपावर कम्पनी (Nepal get way overseas pvt.ltd),(Humour overseas pvt.Ltd)र (Star overseas pvt.Ltd) बाट दमाममा रहेको Jehan contracting company मा कामको लागि आएका त्यस कम्पनीले रिहादस्थित पिज्जा ईन रेस्टुरेन्टमा सप्लाएरमा दिईएको कुरा पछिमात्र उनीहरुलाई थाहा हुन आएको थियो। सोही कम्पनीमा उनीहरुंसगै लेबरकोटमा मुद्दा फैसलापछि १२ जना नेपाली नेपाल फर्केका थिए।
तिनै जनाको एक बर्ष देखिको भिषा नरहेका कारण रिहददेखि दमाममा रहेको कम्पनीमा आउन मेनेजरले बोलाएको अबस्थामा नेपाली राजदूताबासस्थित महामहिम उदय राज पाण्डेको सल्लाह अनुसार भाईहरुलाई दमाम पठाईएको पत्रकार तथा पीडितका दाजु निमकान्त पाण्डेको भनाई छ।
जनवरी ८ तारिखका दिन फाइल नम्बर २१ को केस दूताबासमा दर्ता गरिएको थियो भने लेबर कोटले १५ दिन भित्रमा हिसाबसहित टिकट दिएर नेपाल पठाउने फैसला गरेता पनि तेसो हुन् सकेको छैन। हप्की धम्कीका कारण १२ जनाले आफै टिकट काटी नेपाल फर्केका छन् भने ३ जनाले भिषा नलागेको बापत लाग्ने जरिवाना दुई हजार रियलका दरले आफन्त साथीहरुसित सरसापट गरि बुझाउदा समेत नेपाल जान अझै सकिरहेका छैनन।
दूताबासमा दर्ता भैसकेको समस्यालाई लेबरकोटले समेत फैसला गरि सकेको अबस्थामा नेपाली राजदूताबास रिहादले अगाडी बढ्न नसक्नुमा भित्रि रहस्य केही त छैन भनी शंका उजिएको छ। साउदीस्थित एनआरएन एनसिसिकाका प्रवक्ता बिमल गौतमको मिलेमोतोमा साउदीमा ठगिन पुगेका ति मेरा भाईहरुको तुरुन्त उद्धार गरियोस् भनि एनआरएन साउदीमा समेत निबेदन गत महिना नै परि सकेको अबस्थामा के कारण ३ जना नेपाल फर्कन सकिरहेका छैनन् आश्चर्यको बिषय बन्न पुगेको छ।
मेरो भाईको उद्धारमा सहयोग गरिदिनुहुन म पीडितको दाजु बिनम्र अनुरोध गर्दछु मेरो सम्पर्क नम्बर 00971554584768 dubai, पीडितको फोन नम्बर 00966593610856 दमाम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b