मुक्त गुरुङ / एचकेनेपाल डट कम-
भियना, नेपाली आदिबासी जनजाती एकता समाज अष्ट्रियाले आयोजना गरेको ल्होसार कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न भएको छ।
नेपालबाट आएका ख्यातिप्राप्त लोक दोहोरी गायक गायिका दुर्गा गुरुङ र ज्योति मगरको बेजोड प्रस्तुतिका साथमा अष्ट्रियाका स्थानीय कलाकारहरु मैना गुरुङ, मन्दिरा मगर, श्रेया कार्की, श्रेया पाख्रिन तामांग, शेली पाख्रिन तामांग, क्रिश्म गुरुङ, छेवंग शेर्पा, दावा यांग्ची अधिकारी, मोहन चौधरी,जपन राई तथा फ्रान्सका ओर्नेला आदि कलाकारहरुको बेजोड प्रस्तुति रहेको उक्त कार्यक्रममा संस्थाका साँस्कृतिक सयोजक मैना गुरुङ तथा जपन राईको व्यबस्थापनमा नेपाली जातजाति तथा सँस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए।
समाजका अध्यक्ष नर बहादुर गुरुङ (नबिन) को सभापतित्वमा उपाध्यक्ष मुक्त गुरुङ तथा युलिका रिगरद्वारा संचालन गरिएको कार्यक्रम नेपाली तथा अष्ट्रियान राष्ट्रिय गान बाट शुरु गरिएको थियो। कार्यक्रममा सस्थाका सहसचिब शुष्मा लामाबाट ल्होसारको परिचय दिदै सबै आगन्तुक पाउनाहरुलाई संस्थाको तर्फबाट स्वागत मन्तब्य दिइएको थियो। त्यसैगरी, प्रमुख अतिथि प्रभाकर घले एनआरएन अष्ट्रियाका अध्यक्ष, बिशेष अतिथि सेक राज सुनुवार, एन आरएन जर्मनीका केन्द्रिय सदस्य तथा नेपाल जनजाति समाज जर्मनीका अध्यक्ष, अतिथिहरु भूपू जलश्रोत मन्त्री तथा जल तथा बिज्ञान प्रतिष्ठानका प्रज्ञा दिपक ज्ञवाली तथा अष्ट्रियामा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधीहरु ध्रुब पौडेल अध्यक्ष नेसास, मान्फ्रेड अनराइत्नर सगरमाथा, कयक ायच जगmबल का दित्तर तथा नेपाली जनप्रगतिशील समाजका अध्यक्ष बुद्धि ब. तामांग साथै पोल्याण्डमा अध्यनरत मंजु कर्माचार्य द्वारा शुभकामना मन्तब्य व्यक्त गरिएको थियो।
गायक तथा गायिका दुर्गा गुरुङ तथा ज्योति मगरको सांगीतिक प्रस्तुतिमा दर्शक मस्त भएर नाचेका थिए। कार्यक्रममा भियना,जर्मनी मुनिख, पोल्याण्ड तथा अष्ट्रियाका विभिन्न शहरबाट ल्होसार कार्यक्रममा उपस्थित थिए। अन्त्यमा याक एण्ड यति रेष्टुरेण्ट, देल्ही डिलाइट रेष्टुरेण्ट तथा श्रेया कार्कीद्वारा तयार परिएको स्वादिष्ट भोजनको स्वाद लिदै समाजका अध्यक्ष तथा कार्यक्रम सभापति नर बहादुर गुरुङद्वारा सहयोग गर्ने महानुभाबहरुलाई खाता ओढाई सम्मान गरिएको थियो भने सहभागी कलाकारहरुलाई प्रमाण पत्र वितरण गरि धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन भएको थियो।
त्यसै गरी, नेपाली आदिवासी जनजाति एकता समाज अष्ट्रियाद्वारा १७ फेब्रुवरी का दिन आमेर्लिंग हाउस भियनाको सभा कक्षमा जर्मनीबाट सहभागी पाहुना तथा समाजका सदस्यहरुबीच परिचय तथा अन्तरक्रिया कार्यक्रम तथा दिवा भोजको आयोजन गरी कलाकार तथा पाहुनाहरुलार्इ बिदाई गरिएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b