एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ११ फागुन। दुवै मृगौला बिग्रिएको कारण जीवन बचाइदिन सहयोगको याचना गरेका धादिङ जिल्ला खाल्टे गाविस वडा नं. ७ घर भइ पोखरा–६ बैदामस्थित तालबाराही उमावि कक्षा १० मा अध्ययनरत १७ वर्षीय एक किशोर समीर गुरुङको उपचारको लागि सहयोग रकम आउन थालेको छ।

शुक्रबार पत्रपत्रिका, एफएम तथा टेलिभिजनमा समाचार प्रकाशित तथा प्रसारित भएपछि समीरको उपचारको लागि सहयोग आउन थालेको हो। शुक्रबारमात्र विभिन्न व्यक्तिले २३ हजार बढी सहयोग गरेका छन्। जसअनुसार लेकसाइड निवासी मधु खत्रीले १५ हजार पाँच सय ५५, क्या. कुशलसिंह गुरुङले दुई हजार पाँच सय, बासुदेव बरालले दुई हजार, नारायणबहादुर लामिछानेले एक हजार तथा गंगा बराल, भोला परियार, गोमा पहारी र सीता पहारीले जनही पाँच सय रुपैयाँ प्रदान गरेको सहयोगी सूर्यनाथ पहारीले जानकारी दिए।

आर्थिक स्थिति अत्यन्तै कमजोर भएको परिवारमा उनका बुबा दूधबहादुर कार्पेन्टर हुन् भने आमा बुद्धिमाया गृहिणी हुन्। पाँच सन्तानमध्ये तेस्रो उनका तीन दिदीबहिनी र एक भाइ छन्।

हाल गण्डकी मेडिकल कलेज (चरक हस्पिटल) नयाँबजारमा उपचार गराउँदै आइरहेका समीरको हप्तामा दुईपटक डायलोसिस गर्नुपर्ने हुन्छ। एकपटकको डायलोसिसमा रु.२८ सय खर्च लाग्ने गर्छ। उनको उपचारमा हालसम्म करिब ७० हजार खर्च भएको परिवारले जनाएको छ। अस्पतालमै बसेर नियमित उपचार गराउनुपर्ने भएको हुँदा आगामी चैत १ गतेबाट सञ्चालन हुने एसएलसी परीक्षामा समेत सहभागी हुनबाट बञ्चित हुने भएका छन्। उनको उपचारमा सहयोग गर्न चाहनेका लागि बुबा दूधबहादुर गुरुङको नाममा एच एण्ड बी डेभलपमेन्ट बैड्ढमा ००२११००००८१०४९०००००१ नम्बरको बचत खाता खोलिएको छ। साथै ९८५६०–२३२१३ मा समेत सम्पर्क राख्न सकिने परिवारले जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस