Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

फागुन २५ देखि चैत ६ गतेसम्म एएफसी च्यालेन्ज

उमेश पुन/ एचकेनेपाल डट कम-
काठमाडौं, २४ फागुन ।


एएफसी च्यालेन्ज कप फुटवलको ट्रफीका साथ नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्ट। तस्वीरः उमेश पुन/ एचकेनेपाल डट कम

विहिवारबाट सुरू हुने प्रतियोगितामा सहभागी हुने नेपाली टिम।


फागुन २५ देखि चैत ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च रु ६ करोड ८५ लाख ६१ हजार लाग्ने जनाएको छ।

प्रतियोगितामा नेपालसहित प्यालेस्टाइन, माल्दिभ्स, तुर्कमिनिस्तान, फिलिपिन्स, भारत, ताजकिस्तान र उत्तरकोरियाको सहभागिता रहनेछ।

एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा
सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
काठमाडौं, २३ फागुन । एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको अखिल नेपाल फुटबल संघले जनाएको छ।

मंगलवार दशरथ रंगशालामा पत्रकार सम्मेलन गरी एन्फाका अध्यक्ष गणेश थापाले प्रतियोगिताका बारे जानकारी दिएका हुन्। थापाले काठमाडौंको दशरथ रंगशाला र सशस्त्र प्रहरीको हल्चौक मैदान पूर्ण रुपमा तयार भएको जानकारी दिए।
विहीवारदेखि सुरू हुने प्रतियोगिता सञ्चालनका लागि एशियाली फुटबल महासंघ एएफसीका पदाधिकारीहरु नेपाल आईसकेको समेत थापाले जानकारी दिए।

चीन सरकारले रंगशालाका फ्लड लाईट (बत्ती र स्कोर बोर्ड)को मर्मत गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हुनाले बेलुकी पनि खेल सञ्चालन हुने उनले बताए।

विहीवार सवा ४ बजे रंगशालामा एक समारोहकाबीच अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष सेप ब्लाटरले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by