सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ११ फागुन। सुनसरीका विभिन्न क्षेत्रमा खालि जग्गा तथा वन अतिक्रमण वढ्न थालेपछि जिल्ला वन कार्यालयले अतिक्रमित क्षेत्र खालि गराउन थालेको छ।
सुनसरीको धरान विष्णुपादुका महेन्द्र नगरलगायतका गाविसमा रहेका वन क्षेत्रमा अतिक्रमण वढेपछि कार्यालयले अतिक्रमित क्षेत्र खालि गर्न सुरु गरेको हो। कार्यालयले यसै क्रममा आज धरान र विष्णुपादुका सिमानामा रहेको जलकन्या सामुदायिक वनको जग्गा अतिक्रण गरि वनाएका एक हजार टहरा भत्काएको छ। सर्दू खोला किनारमा रहेका ५ हेक्टर जग्गा अतिक्रमण गरि बनाइएका टहरा शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा वन पालेको सहयोगमा हटाइएको हो। टहरा वनाउन प्रयोग गरेको वास तथा काठहरु समेत प्रहरीले जलाएर नष्ट गरेको छ।
टहरा भत्काउने क्रममा प्रतिकारमा उत्रेका तीन जनालाई नियन्त्रणमा लिइएको इलाका वन कार्यालय धरानले जनाएको छ। पक्राउ पर्नेमा धरान १५ का पुर्णप्रसाद राई, धरान १२ का खगगबहादुर लिम्बु र धरान ११का बालकुमार राई रहेका छन्।
अव्यस्थित रुपमा खोलाका किनारमा बनाईका टहरा यसभन्दा अगाडि गत माघ २८ गते पूर्ण रुपमा भत्काइए पनि पुनः सोही स्थानमा टहरा बनाउन थालेको जानकारी जिल्ला वन कार्यलयमा आएपछि पुनः भत्काउने क्रममा टहरा निर्माणकर्ताहरुले प्रतिकार गरेका थिए। विष्णृुपादिका गाविसको जलकन्या सामुदायिक वन उपभोक्ता समितिले रेखदेख गर्दै आएको जंगलको छेउमा रहेको खोलामा ५ वटा टहरा यस अघि नै भत्काए पनि पुनः सोही स्थानमा टहरा बनाएर ओगटेपछि आज टहरा भत्काइको हो।
पछिल्लो समयमा सुनसरीमा १७ सय हेक्टर वनको जग्गा अतिक्रमण भएकोले योजना वनाएर अतिक्रमति जग्गा खाली गराउन सुरु गरिएको जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राज वहादुर राउतले जानकारी दिए । राउतका अनुसार, वन अतिक्रमण नियन्त्रण ऐन २०६८ अनुसार वनक्षेत्रमा जारी अतिक्रमण रोक्न सुरु गरिको वताए। उनले भत्काउने क्रममा जबरजस्ती गर्नेलाई पक्राउ गरेको र पुनः सोही स्थानमा टहरा निर्माण भए कारबाही गरिने जानकारी दिए। सरकारले वन नीति अनुसार राष्ट्रिय स्तरमा वनमन्त्रीको संयोजकत्वमा तथा जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अतिक्रमण नियन्त्रण समिति गठन गरिएको छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b