सन्तोष काफ्ले एचकेनेपाल डट कम-
धरान, १० फागुन। जिल्ला वास्केटबल सुनसरीले ढाकामा सम्पन्न सार्क खेलकुदबाट बास्केटबलमा कास्य पदक विजेता नेपाली टिमलाई प्रोत्साहन स्वरुप १० हजार ५ सय रुपैयाँ नगद सहयोग गरेको छ।

फागुन ४ देखि ८ गतेसम्म सञ्चालन भएको सार्क खेलकुद प्रतियोगितामा नेपालले बंगलादेशसँग पराजय भोग्दै कास्य पदक जितेको थियो। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बास्केट बलमा धेरै अगाडि भएपनि सो प्रतियोगिता भने धाधलीका कारण नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको बताए। सुवेदीले सो प्रतियोगितामा पूर्वाञ्चलबाटसमेत तीन जना खेलाडीको प्रतिनिधित्व भएको बताउदै संघले वास्केटबलको विकासका लागि धेरै कामहरु गरेको बताए।

बास्केटबलको खेलाडी उत्पादन गर्ने उद्देश्यले कक्षा ७ मा अध्ययनरत ६ फिट उचाई भएका इच्छुक खेलाडीहरुलाई संघकै तर्फबाट काठमाडौमा तालिमका साथै शिक्षा दिक्षासमेत संघबाटै उपलब्ध गराई बास्केटबलको दक्ष खेलाडी उत्पादन गर्ने जानकारी दिए। कार्यक्रममा नेपाल बास्केटबल सघका केन्द्रीय सदस्य सुरज तामाङ्गलाई सो रकम हस्तान्तरण गरेको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस