एचकेनेपाल डट कम संवाददाता-
पोखरा, ११ फागुन। ‘सुन्दर नेपाल, शान्त नेपाल’ भन्ने मूलनारासहित आजदेखि पोखरामा फोटो मेला शुरु भएको छ। मेलाको आज पहिलो दिन लेकसाइडबाट शुभारम्भ गरिएको छ भने भोलि शनिबार चिप्लेढुङ्गामा प्रर्दशनी गरिनेछ।
मेलाको उद्योगपति लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रि विनोद प्रतिक र फोटो पत्रकारको केन्द्रीय अध्यक्ष कविन्द्रमान शाक्य, पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, पूर्व मिस नेपाल निलिमा गुरुङ, पर्यटन व्यवसायी नरेश भट्टराई, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका अध्यक्ष राम बहादुर पौडेल, साहरा क्लबका अध्यक्ष विक्रम तकाली, फोटो पत्रकार संघका आजीवन सदस्य जगदिश तिवारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष श्याम कुँवर सार्फमा नेपालका क्षेत्रीय संयोजक ईश्वरी न्यौपाने लगायतले संयुक्त रुपमा रिवन काटी मेलको उद्घाटन गरेका थिए।
तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
केन्द्रीय अध्यक्ष कविन्द्रमान श्रेष्ठले सबैलाई फोटो अवलोकन गराउने उद्देश्यले नै मेलाको आयोजना गरेको र आगामी दिनका अन्य ठाउँमा समेत फोटो मेलालाई निरन्तरता दिने बताए।
राष्ट्रिय फोटो पत्रकार समूह, कास्कीले आयोजना गरेको दुई दिने मेलामा पोखरा, काठमाडौ, वीरगञ्ज, बाग्लुङ, अन्नपूर्ण पदयात्रा, सगरमाथालगायतका क्षेत्रमा खिचिएका करिब १ सयभन्दा बढी फोटोहरु मेलामा राखिएको अध्यक्ष कृष्णमणि बरालले बताए। धेरै मानिसलाई मेलामा सहभागी गराउने उद्देयले सडकमै मेलाको आयोजना गरिएको बरालले बताए।
मेलामा राखिएका फोटोहरुलाई विदेशी पर्यटक तथा अन्तरिक पर्यटकले उत्साहका साथ अवलोकन गरिरहेका छन्। बाराहीचोकदेखि करिब साढे १ किलोमिटर सडक पेटीमा राखिएका फोटोहरुले विदेशीको मन जित्न सफल भएको छ। मेलामा पोखरा र आसपासका बिभिन्न जाता जातिका भेषभूषा, रहनसहन, लोपोन्मुख जात जातिका संस्कृती, ताल, हिमाल र गुफासमेटर खिचिएका यस क्षेत्रका करिव ४० वटा गरी सयभन्दा बढी फोटाहरु राखिने सचिव प्रदिप पौडेलले बताए। यस अघि काठमाडौं, वीरगंजमा फोटो मेला सम्पन्न भईसकेको छ भने आगामी दिन बाग्लुङ्गमा फोटो प्रर्दशनी गरिने छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b