एचकेनेपाल डट कम संवाददाता
पोखरा, १० फागुन। विश्व फुटबलको छाता संगठन फिफा डट कमले पोखराको सहारा क्लबले फुटबलको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको छ।

फिफाको आधिकारिक वेबसाइटमा सहारा फुटबल एकेडेमीले पोखराका सडक बालकलाई खेलक्षेत्रमा प्रवेश गराएर समुदायमा नयाँ आशा र अवसरको सुरुवात गरेको उल्लेख गरेको छ। फिफाले लेखेको छ ‘सडक बालकलाई फुटबलमा प्रवेश गराउँनु भनेको उनीहरुलाई अवसर दिनु हो र समाजमा समायोजन गर्ने विशिष्ट लक्ष्य हो।’ एकेडेमीले २० जना सुविधाबाट वञ्चित बालकलाई आवास र शिक्षासहितको सुविधा प्रदान गरेको छ। शिक्षा र खेलकुद दुबै क्षेत्रमा एकसाथ सघाएको एकेडेमीको उक्त कार्यको प्रशंसा गर्र्दै फिफाले सहारालाई शुभकामनासमेत दिएको छ।

अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको सहाराले देशविदेशमा रहेका शुभचिन्तकको सहयोगबाट हालै एकेडेमी सञ्चालनमा ल्याएको छ। उक्त भिडियोलाई फिफाको आधिकारिक टेलिभिजन फिफा टिभीले ‘भिडियो अफ दी विक’ अर्थात साताको उत्कृष्ट भिडियो भनि उल्लेख गरेकोे छ।
स्रोतः फिफा डट कम

http://www.fifa.com/newscentre/features/news/newsid=2016022/index.html


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस