Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

हङकङ तेह्रथुम मञ्चको सातौं वार्षिक उत्सव सम्पन्न

श्याम इङनाम/ एचकेनेपाल डट कम-
हङकङ तेह्रथुम मञ्चको फेब्रुवरी २६ तारिख आइतवारको दिन मंकि हिलमा सातौ वार्षिक कार्यक्रम सम्पन्न भएको छ।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहित सम्पन्न कार्यक्रम दुइ खण्ड गरि संचालन गरिएको थियो। प्रथम खण्डको औपचारिक कार्यक्रमको संचालन मञ्चका सचिव श्याम इङनाम तथा मञ्चका भूपू सदस्य लिलिश कन्दङवाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष त्रिभुवन लुङफुङवाले गरेका थिए। स्वागत मन्तव्य मञ्चका सहसचिव दिल कुमारी पाहिमले व्यक्त गरेकी थिइन्।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

नेपाल महाबाणिज्यदूत विनोद उपाध्यायको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिमा एनआरएन हङकङका अध्यक्ष दुर्गाबहादुर गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापालगायत थिए।

प्रमुख अतिथि नेपाल महाबाणिज्यदूत उपाध्याय तथा मञ्चका अध्यक्ष लुङफुङवाबाट पानसमा दिप प्रज्वलन गराइ कार्यक्रमको समुद्घाटन गरिएको थियो।

कार्यक्रमको दोस्रो खण्ड शान्ति पन्धाक र देवेन्द्र खापुङले सञ्चालन गरेका थिए। कार्यक्रममा नेपालबाट आएका लिम्बु तथा नेपाली भाषी गायक धनबीर सांवा र स्थानीय गायक राज कुमार आङदेम्बे, भुपेन्द्र योङयहाले गीत संगीत प्रस्तुत गरेका थिए।

स्व.प्राध्यापक तथ बुद्धिजीवी उत्तमसिंह थाङदेन स्मृतिकोषबाट कविता वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो। कविता प्रतियोगितामा सुरेश इश्वो, बिष्णु इङनाम र शान्ति पङधाक क्रमशः प्रथम,द्वित्तीय तथा तृतीय भए।

त्यसैगरी, छेलो खेलमा शिब इम्सङ, तिलक सेनेहाङ र राज कुमार आङदेम्बे क्रमशः प्रथम,द्वित्तीय तथा तृतीय थिए। डोरी तान्ने प्रतियोगितामा पाँच जनाको टिम पिताम्बर लिम्बु, राज लिम्वु, प्रदिप श्रेठ, बिनोद लिम्वु,सन्तोड राईले विजय भए। सबै बिजयी प्रतिस्पधीहरूलाई अबिर,मेडल तथा प्रमाण पत्रले सम्मान गरिएको थियो।

विभिन्न नृत्य,धान नाच तथा च्याब्रुङ नाँचको प्रस्तुतीसहित अन्त्यमा डिजे म्युजिकको सामुहिक डान्समा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by