एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुण । प्रधानमन्त्री डा बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले आगामि शुक्रवारसम्ममा प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बन्ने घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरु हदैसम्म लचक भएर सहमति कायम गराउने पक्षमा रहेकोले पनि शुक्रवारसम्म प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्ने विश्वास ब्यक्त गरेका हुन्।

debendra paudelसाक्षात्कारमा पौडेलले सरकारको नेतृत्व गर्ने विषयमा प्रधानन्यायाधीशसँग पटक पटक कुराकानी भएको र उहाँको पनि समर्थन रहेको दावी गर्दै प्रधानन्यायाधीशले नेतृत्व गर्दिन भनेर नभनेको स्पष्ट पारे। उनले भने–प्रधानमन्त्रीले पटक पटक प्रधानन्यायाधीशसँग छलफल गर्नु भएको छ। प्रधानन्यायाधीशले म बन्दिन भनेर कहिल्यै पनि भन्नु भएको छैन। प्रधानमन्त्रीले आज विहान पनि उहाँसँग छलफल गर्नु भएको छ। बाहिर हल्ला आए जस्तो कुनै समस्या छैन। पौडेलले थपे–उहाँले नेतृत्व लिन्न भन्नु भएको होईन। विरोध हुनु भएन सबैको समर्थन हुनु पर्छ भन्ने चासो मात्रै हो।

प्रधानमन्त्रीले पूर्व निर्वाचन आयुक्त, विज्ञहरुसँग छलफल गरेको र उनीहरुले १०० दिनभित्रमा निर्वाचन गर्न सकिने स्पष्ट आधार दिएको भन्दै पौडेलले दलहरुवीच अहिले नै सहमति भए जेठ भित्रमा चुनाव हुन समस्या नरहेको स्पष्ट पारे। प्रधानन्यायाधीशको नेतृत्वमा सहमति हुन नसके मुलुकमा फेरि अर्को सहमति हुनै नसक्ने ठोकुवा गर्दै उनले त्यसपछिको विकल्प भनेको अहिलेकै सरकारको नेतृत्वमात्रै भएको बताए।

नागरिकता, मतदाता नामावली र सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा सहमति हुना साथ अहिलेकै सरकारले नियुक्ति र बाधा अडकाउन फुकाएर प्रधानन्यायाधीशलाई नेतृत्व हस्तान्तरण गर्ने समेत पौडेलले स्पष्ट पारे।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस