एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १९ फागुन। गम्भीर हृदयघात भएपछि थाईल्याण्डको समितिभेज अस्पतालमा उपचार गराईरहेका पूर्वयुवराज पारस शाहको ११ दिनपछि होस खुलेको छ।

समितिभेज अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै शाहको होस खुलेको र आफन्तलाई चिन्न सक्ने भएको बताएको छ। त्यसै गरी, शाहको सम्पूर्ण अंग चल्न थालेको समेत विज्ञप्तिमा जनाएको छ। यसअघि, अस्पतालले उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर र स्थिर रहेको बताउंदै आएको थियो।

शाहको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि पूर्वराजा ज्ञानेन्द्रसहितका परिवार बैंककमै रहेका छन्।


फाइल फोटो

प्रेस विज्ञप्ति:

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Facebook: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस