एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ८ फागुन। मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कान्तिपुर र सगरमाथा टेलिभिजनका गाडीसहित केही नीजि तथा भाडाका गाडीहरुमा तोडफोड गरेका छन्।

प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न मुख्य दलहरुले दिएको निर्णयको विरोध तथा दैलेखमा द्वन्द्वकालीन मुद्दा ब्यूँताएर पक्राउ गरिएका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै माओवादीले मंगलवार नेपाल बन्दको आह्वान गरेको छ।

बन्दका कारण काठमाडौंसहित देशभरको जनजीवन कष्टकर बनेको छ। काठमाडौ भित्रिने र बाहिरिने गाडी ठप्प छन्। गाडी नचल्दा काम विशेषले यात्रा गर्नुपर्नेहरुलाई सास्ती भएको छ। शैक्षिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना केही सञ्चालन हुन सकेका छैनन्।

बन्दका क्रममा माओवादी कार्यकर्ताहरुले कान्तिपुर र सगरमाथा टेलिभिजनका गाडीसहित केही नीजि तथा भाडाका गाडीहरु तोडफोड गरेका छन्। बन्दकर्ताले कान्तिपुर टिभीको बा ८ च ८२१ नम्बरको भ्यान बानेश्वरमा तोडफोड गरेका हुन्। बन्दकर्ताले लैनचौरमा पर्यटक चढेको बस तोडफोड गरेका छन्। त्यस्तै, बन्दकर्ताले अर्घाखाँचीमा ३ वटा जिप र ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएका छन्।

माओवादी नेतृत्वले आफ्ना कार्यकर्ताहरुलाई तोडफोडमा नउत्रिन र संयमित रहन आग्रह गरेको छ। नेकपा माओवादीकी नेतृ जयपुरी घर्तीले बन्द साँझ ५ बजेसम्म जारी रहने जनाएकी छन्।Nepal May Day


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस