सन्तोष काफ्ले /एचकेनेपाल डट कम
धरान, ७ फागुन। सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष सरोज श्रेष्ठ आगामी तीन बर्षे कार्यकालमा लागि अध्यक्षमा विजयी बनेका छन्।
आज भएको निर्वाचनमा श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी राजेन्द्र साहलाई १३ मतले पछि पार्दै विजयी भएका हुन्। श्रेष्ठले ३५२ मत प्राप्त गरेका थिए। विजयपश्चात श्रेष्ठले उद्योग व्यवसायीका हितका लागि आफू जस्तोसुकै अवस्थामा पनि काम गर्न तयार रहेको बताएका छन्।
यस्तै उद्योगतर्फबाट ४ जनाका लागि ८ जनाले उमेद्वारी दिएका थिए। यीमध्ये तिलक राई, राजकुमार राई, शिवराज श्रेष्ठ र राजकुमार राई विजयी बनेका छन्। ८ जना सदस्य निर्वाचित हुने वाणिज्यमा २० जनाले उमेद्वारी दिएकोमा उपेन्द्र चाम्लिङ, किरणकुमार अग्रवाल, किशन मास्के, गिरिधारी सापकोटा, मनोज श्रेष्ठ, राम स्वरुप शर्मा, रोहितप्रसाद ताम्राकार र सीताराम आचार्य विजयी बनेका छन्।
परिमार्जित विधान अनुसार उद्योगतर्फबाट र बाणिज्यतर्फ्बाट सरस्वतीदेवी रेग्मी र विमला श्रेष्ठ दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तैे वस्तुगततर्फ केशव श्रेष्ठ र एसोसिएट्सतर्फ कृष्णप्रसाद अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। ५ जना पछि मनोनित गर्ने व्यवस्था संघको विधानमा उल्लेख गरिएको छ। जसमा निर्वाचित अध्यक्षले २ जना र कार्यसमितिको निर्णय अनुसार ३ जना मनोनित हुनेछन्। कुल मत १ हजार ९२ मध्ये ७ सय ७० मत अध्यक्षका लागि झरेको भएपनि ९९ मत बदर भएको थियो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,