तिलविक्रम थेबे /एचकेनेपाल डट कम-
दोहा–कतार, एकीकृत नेकपा माओवादी ले २०५२ साल फल्गुन १ गते शुरु गरेको नेपाली जनयुद्धको स्मरण गर्दै नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले एक कार्यक्रमको आयोजना गरी १८औं जनयुद्ध दिवस मनाएको छ।

देश र जनताका निम्ति जीवन आहुती दिने ज्ञातअज्ञात वीर शहिदहरुप्रति क्रान्तिकारी सलामी दिदैं शहिदहरुको सम्मानस्वरुप एकमिनट मौनधारण पश्चात् कार्यक्रमका प्रमुख अतिथि र कार्यक्रमका सभापतिद्धारा संयुक्तरुपमा व्यानर अनावरण गरी कार्यक्रम अघि बढाइएको थियो।

वर्तमान अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष रकमध्वोज राई नेपालमा रहेकाले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हालिरहेका मञ्चका उपाध्यक्ष बुद्धिराज परियारको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथी मञ्चका सल्लाहकार समितिका संयोजक होमनाथ शर्मा रहेका थिए।

जनयुद्ध दिवस कार्यक्रमलाई प्रमुख अतिथि होमनाथ शर्मालगायत सचिव लिला लावती, सहकोषाध्यक्ष रोजिना बास्तोला, सचिवालय सदस्य राजेश परियार, हरि मगर, दिलिप मैनाली, सल्लाहकार सदस्यहरु गणेश बानिया, नवराज सिम्खडा, राजु डुम्रे, बाबुराम गैरे, दिपेन्द्र ढकाल, सस्थापक उपाध्यक्ष प्रेम विक, सस्थापक सदस्य विष्णु देवकोटा, मंञ्चका राज देवकोटा रहेका थिए।

मञ्चका महासचिव तिलविक्रम थेवेले संचालन गरेको सो कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष जीवछ महत्तोले स्वागत मन्तव्य र जनयुद्ध दिवसको वारेमा सचिव टिकाराम भण्डारीले प्रकाश पारेका थिए। अल दोसारी गार्डेन साहानियामा जनयुद्ध दिवस कार्यक्रमसंगै आयोजित रमाइलो बनभोज कार्यक्रममा मञ्चका विभिन्न विभाग, क्षेत्र, इकाई लगायत शुभचिन्तक नेपाली समुदायको पानि व्यापक उपस्थिति रहेको थियो।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस