सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ६ फागुन। सरस्वती पूजाको प्रसादको विषयलाई लिएर विद्यार्थीबीच भएको विवादले धरान ८ स्थित रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा उग्ररुप लिएको छ।
सरस्वती पूजाको दिन प्रसादको विषयलाई लिएर नेपाल तराई विद्यार्थी समाज र नेविसंघ बीच भएको झडपका कारण नेविसंघमा आवद्ध इन्जिनियरङ क्याम्पसमा अध्ययनरत डिप्लोमा इन्जिनियरिङ इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरका अध्ययनरत तीन विद्यार्थीलाई क्याम्पसले निस्कासन गरेपछि तनावले झन् उग्ररुपमा लिएको हो।
सरसस्वती पुजाको विषयलाई लिएर सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी भुपेन्द्र राज पन्त, आकाश आले र बसन्त गुरुङलाई निस्कासन गरेपछि आज सो निर्णय फिर्ता गर्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले क्म्याम्पस प्रमुखलगायत अन्य प्राध्यापकहरुलाई क्याम्पस प्रमुखको कोठामा दुई घण्टा थुनेर तालाबन्दी गरेका छन्।
विद्यार्थी पन्तलाई दुई बर्ष र आले र गुरुङलाई एक एक बर्षका लागि फागुन ३ गतेको क्याम्पसको निर्णयले निष्कासन गरेपछि आक्रोसित नेविसंघले विद्यार्थीको भविष्यमाथि क्याम्पस प्रशासनले खेलवाड गरेको भन्दै तालाबन्दी गरेको संघर्ष समितिका संयोजक वसन्त राईले बताए। उनले कोर्ष सक्न ६ महिनामात्र बाँकी रहदा क्याम्पस प्रमुख जावेद आलमले विद्यार्थीलाई निष्कासन गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै तालाबन्दी गरेको बताए। उनले निस्कासनको निर्णयलाई फिर्ता नलिए कडा आन्दोलनमा जाने चेतावनी समेत दिए।
यता क्याम्पस प्रमुख जावेद आलमले भने यी तीन विद्यार्थीले क्षमा गर्नै नहुने प्रकारका हरकत गरेकाले निष्कासनको निर्णय फिर्ता नगरी सबै प्राध्यापकले राजीनामा दिने निर्णय गरेको बताए। आलमले पटक पटक गल्ति गरेको र क्याम्पसका झ्यालहरु समेत तोडफोड गरेका कारण उनीहरुलाई पुनः यसै क्याम्पसमा अध्ययन गराउन परे आफूहरु राजीनामा दिन तयार रहेको बताए।
विद्यार्थी र क्याम्पसका प्राध्यापकबीच भएको तनावले क्याम्पसका पढ्ने अन्य विद्यार्थीको पढाईसमेत दिनभर ठप्प भयो। यी दुवै एक अर्काका आफ्नो अडान नछाडेकाले विवाद अझ लम्बिने बुझिएको छ। यो समस्या अझै लम्बिदै गए विद्यार्थीको भविष्य कता पुग्ने भन्न नसकिने अवस्था छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,