सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ६ फागुन। नेकपा माओवादीका अध्यक्ष मोहन वैध (किरण)ले चार राजनैतिक पार्टीले प्रधानन्यायाधीशको नेतृत्वका सरकार निर्माण गरेर निरंकुशता लाद्ने प्रयास गरेको आरोप लगाउनुभएको छ।

अध्यक्ष पूर्वाञ्चल व्युरोको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा धरान आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो। उहाँले चार राजनैतिक दलका कारण मुलुक दिनप्रतिदिन अस्थिरतातर्फ धकेलिएको बताउनुहुदै प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बने आफूहरु आन्दोलनमा उत्रने चेतावनीसमेत दिनुभयो।

अध्यक्ष वैधले अन्य पार्टीसंग छलफल गरी चाँडोभन्दा चाँडो आन्दोलनको खाका सार्वजनिक गर्ने बताउनु हुदै आफ्नो पार्टी सत्ताका लागि मात्र नभई मुलुक र जनतालाई संविधान दिनका लागि आन्दोलन थाल्ने प्रष्ट्याउनुभयो। उहाँले मुलुकको नेतृत्व प्रधानन्यायाधीशले गरे सबै दलहरु नपुंसक हुने र मुलुक निरकुंशतातर्फ विस्तारै जाने दाबी समेत गर्नुभयो। देशलाई संक्रमणकालीन अवस्थाबाट जोगाउन एकमात्र विकल्प राजनैतिक दलभित्रबाटै सहमतीय सरकार बनाएर चुनावमा जानु बाहेक अर्को विकल्प नरहेको प्रष्ट पार्नुभयो।

पूर्वाञ्चल व्युरोका इन्चार्ज खड्बहादुर विश्वकर्माको अध्यक्षमा शुरु भएको सो प्रशिक्षण कार्यक्रममा ४ सय जना प्रशिक्षक र परिवेक्षको उपस्थिति रहेको छ। प्रशिक्षणको मुख्य उद्देश्य गत २५ देखि २९गतेसम्म काठमाडौको भृकुटी मण्डपमा भएको सातांै राष्ट्रिय महाधिवशनले गरेका निर्णयलाई गाउ गाउँसम्म पु¥याउनु नै रहेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो। अध्यक्ष वैद्यसंगै पार्टीका केन्द्रीय सचिव देव गुरुङ्ग समेतको उपस्थिति रहेको छ।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस