एकराज गिरी/ एचकेनेपाल डट कम –
पोखरा, ६ फागुन। अवैध रुपमा पोखराको सडकपेटीमा संचालीत फुटपाथ शनिबार मध्यरातमा प्रशासनले हटाएको छ। पोखरा उपमहानगरपालिकाले पटक–पटक फुटपाथ हटाउने निर्णय गरेपनि कार्यान्वयन गर्न नसकेपछि कास्कीमा रहेका सुरक्षा निकायको अगुवाईमा फुटपाथ हटाइएको हो।

शनिबार राति नौ बजेदेखि नेपाल प्रहरी र शसस्त्र प्रहरीले फुटपाथ हटाएको थियो। पोखराका मुुख्यचोक पृथ्वीचोक, सभागृहचोक, चिप्लेढुगा, महेन्द्रपुलमा रहेका फुटपाथ प्रहरीले हटाएको हो। ब्यापार संचालनका लागि बनाएका अस्थायी टहरा प्रहरीले राति नौ बजेदेखि आइतबार विहान तीन बजेसम्म लगाएर भत्काएको छ भने सडकमा सामान राख्न राखिएका फलामका खाट, ठेला, लगायतका सामाग्री पनि प्रहरीले ट्रकमा राखेर लगेको छ। राति परेको पानीको पर्वाह नगरि प्रहरीेले फुटपाथ हटाएको थियो।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

गत माघ २६ गते फुटपाथ हटाउने तयारी प्रशासनले गरेको भएपनि प्रधानमन्त्री डा बाबुराम भटराईको निर्देशनमा मुख्य सचिव लिलामणि पौडेलले फुटपाथ हटाउने कार्य रोक्न आदेश दिएपछि रोक्किएको थियो। प्रहरी प्रशासनले पोखराको सुन्दरतालाई फुटपाथले कुरुप बनाएको र ट्राफिक ब्यवस्थापनमा समस्या देखिएको भन्दै फुटपाथ हटाइएको हो।

पोखरा उपमहानगरपालिकाले फुटपाथ हटाउन आनकानी र खाँचो नदेखाएको भन्दै प्रहरीको अगुवाईमा फुटपाथ हटाइएको हो। प्रशासनले फुटपाथ हटाएपछि ब्यवसायीले आज विहानैदेखि पोखरामा विरोध गरेका छन्। ब्यवसायीले पोखरामा चक्काजाम गर्ने घोषणा गरेपनि प्रहरीले विफल पारेको छ। चक्काजाम गर्ने जानकारी पाउने वित्तिकै माइकिंगको लागि हिडेकाहरुलाई प्रहरीेले नियन्त्रणमा लिएको थियो।

त्यस्तै, चक्काजाम गर्न सडकमा उत्रिएका ब्यसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पृथ्वीचोक, चिप्लेढुगाबाट गरि दुई दर्जनलाई प्रहरीले पक्राउ गरि वडा प्रहरी कार्यालय बैदाममा राखेको छ। पोखराको सुन्दरतालाई कुरुप बनाउने भएकाले हटाएका हौ डिआजी रमेशशेखर बज्राचार्यले भने। सडकमा संचालित फुटपाथ कुनै पनि हालतमा हटाई छाडछौ उनले भने।

यसैवीच, पोखरा उद्योग बाणिज्य संघले प्रशासनको अगुवाइमा गरिएको फटपाथ हटाउने काम स्वागत योग्य भएको बताएको छ। फुटपाथ हटाउनु राम्रो काम हो पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले फुटपाथ हटाउने काम राम्रो छ, अव हटाइएको फुटपाथ ब्यवस्थापन गर्न सहयोग गर्छौं। फुटपाथ हटेपछि पोखराको सडक फराकिलो र ट्राफिक ब्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

फाइल फोटो


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b


Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस