सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सुनसरी, ६ फागुन। कर्मचारी कल्याण समाज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा निवर्तमान महासचिव सुजेन्द्र तामाङ अत्याधिक मतले विजयी भएका छन्। निकटतम प्रतिद्वन्धि राजन कोइराला लाई ५ सय २ मतले पछि पार्दै तामाङ वियजी भएका हुन्।
प्रतिष्ठानले मान्यता दिएपछि शनिबार भएको समाज पहिलो निर्वाचनमा अध्यक्षमा तामाङसहित परिष्ठ उपाध्यक्षमा उमेश थापा विजयी भएका छन् भने महाचिवमा विदुका कुमारी पुलामी विजयी भएकी छन्।
तामाङ ७ सय ४१ मत ल्याउदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी राजन कोइरालाले २ सय ३९ मत मात्र ल्याएका थिए। अध्यक्षको प्रत्यासी अन्य कमल ह्रयुज राईले ५३ र कन्तलाल चौधरी ले ४४ मत ल्याएका थिए।
अध्यक्षमा विजयी भएका तामाङले प्रतिष्ठान तथा कर्मचारीहरुको हितमा काम गर्ने र आफू निवार्चन अगाडि गरेको प्रतिवद्धता पूरा गर्ने संक्षिप्त प्रतिक्रिया दिए। वरिष्ठ उपाध्यक्षमा थापाले निकटतम प्रतिद्वन्दी हेमकुमार थापा वस्नेतलाई ३ सय ४० मतले पछि पार्दै विययी भएका थिए। त्यस्तै महासचिवमा वेदुका कुमारी पुलामी निकटमत प्रतिद्वन्दी किशोर पोख्रेललाई २ सय ५५ मतले पछि पार्दै विजयी भइन्। उनले ५ सय २९ मत प्राप्त गरेकी थिइन्। यता नर्सिङ प्राविधिक कर्मचारी तर्फवाट वरिष्ठ उपाध्यक्षमा शकुन्तला राई ६ सय ६२ मत ल्याउदै विजयी भइन् भने नर्सिङ प्राविधिक कर्मचारी तर्फवाटै उपाध्यक्षमा पुर्ण वहादुर श्रेष्ठ विजयी भएका छन्। यता सचिवमा भरत लाल चौधरी विजयी भएका छन् भने कोषाध्यक्षमा सुसन लामा विजयी भइन्।
त्यस्तै खुल्ला तर्फ सदस्यमा रमेश पोख्रेल, पुर्ण वहादुर मगराती,गिरी लिम्बु, भावना राई वरुण प्रशाद गुप्ता, किरण प्रसाद भट्टराई र सिता विक विजयी भएको छन्। न्र्सिङ प्राविधिक कर्मचारी तर्फ भने सफला बुढाथोकी, पूजा घिमिरे र सृजना भुर्तेलले जितेका छन् भने प्रशासनिक कर्मचारीतर्फ जितेन्द्र कुमार उराव, सोहन तामाङ र मालति देवी उरावले जितेका छन्। २०६२ ÷ २०६३ को जनआन्दोलनपछि गठन भएका कर्मचारी कल्याण मञ्च, नर्सिङ वेलफेयर कमिटि र प्राविधिक कर्मचारीहरुलाई मर्च गरि २ वर्ष अगाडी कर्मचारी कल्याण समाजको स्थापनासगै प्रतिष्ठानले पहिलो पटक कर्मचारीहरुको युनियनलाई मान्यता दिएको थियो।
तस्वीरः सन्तोष काफ्ले/एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,