सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान, सुनसरीको इटहहरी चौकमा एका एक एक सुन्दरीको समूह हातमा प्ले कार्ड बोकेर देखा परे। इटहरी चौकमा पुगेर सुन्दरीहरु प्लेकार्ड एक ठाउंमा राखि चौक चौकमा विभाजित भए।
उनीहरु चौक चौकमा बसेर सडकमा गुडिरहेका गाडी तथा मोटरसाइकललाई रोक्दै ट्राफिक नियमको बारेमा जानकारी गराउन थाले। कतिपय युवाहरु त सुन्दर युवतिले आफ्नो मोटर साइकल रोक्दा मख्ख हुदै रोक्न साथ सुन्दरीहरुले तपाईको हेल्टमेट राम्रोसंग वाध्नुहोस त। भन्दा झस्किएका थिए।
चौथो मिस पूर्वाञ्चल २०१३ मा सहभागी सुन्दरीहरु प्रतियोगिताको प्रशिक्षण अन्तर्गत शुक्रबार ट्राफिक सचेतनामा सहभागी भएका हुन्। आफ्नो सुन्दरता तथा प्रतिभा देखाएर मिस पूर्वाञ्चलको ताज पहिरिने सुरमा रहेका उनीहरु पहिलो पटक सडकमा पुगेर ट्राफिक नियमको बारेमा सचेत गराउन पाउंदा निकै खुसी देखिन्थे।
तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
मिस पूर्वाञ्चलमा सहभागी विराटनगरकी प्रशंसा प्रसाई ट्राफिक सचेतना कार्यक्रममा सहभागी हुदा निकै रमाइलो भएको प्रतिक्रिया दिइन्। उनी जस्तै धनकुटाकी पुष्पा अधिकारीले पनि सडकमा उभिएर १ घण्टा ट्राफिकको काम गर्न पाउदा निकै रमाइलो लागेको बताइन्। पूर्वका विभिन्न ठाउंबाट सहभागी भएका १५ सुन्दरीहरुले पूर्वाञ्चल ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा इटहरीको सडकमा ट्राफिकको काम गरेका थिए। विशेष गरी युवाहरु त्यसमा पनि मोटर साइलकमा ट्राफिक नियम पालन नगरेको पाइएको सहभागीहरुले बताए।
उनीहरुसंगै पूर्व क्षेत्रिय ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशिल कुमार भण्डारी समेत १ घण्टा सडकमा वसेका थिए। उनीहरुले सवारी साधनसंगै पैदल यात्रीहरुलाई समेत सचेत गराएका थिए। ट्राफिक कार्यालयबाट सचेतनामूलक प्लेकार्डसहित इटहरी चौकसम्म आएका उनीहरुलाई इटहरीमा रितेश श्रेष्ठले संयोजन गरेका थिए भने उनीहरुलाई ट्राफिक नियमको बारेमा ट्राफिक प्रहरी निरीक्षक रोशन आचार्यले सुरुमा जानकारी गराएका थिए। आफूहरु नियमित काम गरिहेको भए पनि सुन्दरीहरुलाई सडकमा उतार्दा प्रभावकारी हुने भएकोले आफूहरुले सहयोग गरेको आचर्यको भनाई थियो।
हाइट इभेन्ट र सिलभर इन्टरटेन्मेन्टको आयोजनामा आगामी फागुन १४ हुने फाइनलको लागि छनौटमा परेका सुन्दरीहरुलाई नियमित कार्यक्रम अन्तर्गत नै सडकमा उतारेको संयोजक राजेन्द्र रिमालले जानकारी दिए। ट्राफिक सचेतनासगै उनीहरुलाई रक्तदान, सार्वजनिक स्थलको सरसफाई लगायतका सचेतनामूलक कार्यमा समेत सहभागी गराइने उनको भनाई छ। फाइनल चरणमा सहभागीहरुको फोटो सुट गरि सकेको र ट्यालेट सो शनिबार विराटनगरमा हुने आयोजकले जनाएको छ। फाइनल कार्यक्रम भने धरानमा हुदै छ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
Nepali News Hong Kong, Nepali News, Audio Video, Business news, Bank, Credit, Profit, Tourism, Car, Vehicle, loan, sale, Bank, Travel, visa, Limited insurance, treatment, mortgage, lawyer, donate, hosting, software, gas, electricity,